×

NMB BANK
NIC ASIA

बुटवलमा अर्को मुटु हस्पिटल बन्ने, देउसी भैलो खेलेर ५ करोड संकलन

कात्तिक १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल - रूपन्देहीको बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ५ करोड रुपैयाँ संकलन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हस्टिल बुटवल–१३ बेलबासको (दश नम्बर टोल) मा बन्नेछ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु हस्टिल पनि सञ्चालनमा छ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशील रहेको छ । हस्टिलका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने अध्यक्ष खड्काले बताए । २५ शैयाको हस्टिलमा आइसियु/सिसियु सहित सुविधा हुनेछ । हस्पिटल नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बन्नेछ ।


Advertisment
Nabil box
Kumari

हस्टिल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्धितीय उपाध्यक्ष डिबी खत्रीले हस्पिटलको कुल लगानी २० करोड रुपैयाँ हुने बताए ।

Vianet communication
Laxmi Bank

उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र हस्टिलका उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको बताए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु (इक्युपमेन्ट) दिनेछ । देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए । हस्पिटल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका अभियान्ता डन्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x