नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियनपेको  सहकार्यमा एनआईबिएल युनियनपे कार्ड सेवा शुरू

काठमाडौं –नेपाल इन्भेष्टमेण्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ । 

नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरू र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले  युनियनपे डेविट,क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने  क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । 


Advertisement

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।
 

कमेन्ट गर्नुहोस्