गृहमन्त्रीलाई ताकेर बुुटवलका सडकमा रातारात टाँसिए विप्लवका पोस्टर

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

बुटवल – गृहमन्त्री रामबहादुुर थापा ‘बादल’को उपस्थितमा सोमवारदेखि बुुटवलमा प्रदेश स्तरीय सुुरक्षा समितिको बैठक चलिरहेको छ ।

गृहमन्त्री मुुख्यमन्त्री शंकर पोखरेलदेखि प्रदेशभरका सुुरक्षा निकायका प्रमुुख बुुटवलमा भेला भएका छन् । 


Advertisement

सुुरक्षा समितिको बैठक चलिरहेका बेला बुुटवलमै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले सडक पोस्टर टाँसेको छ । बुुटवलको मिलनचोकमा विप्लव नेतृत्वको युवा संगठन नेपाल मध्य पश्चिम कमान्डले पोस्टर टाँसेको हो ।

पोस्टरबारे प्रहरी बेखबर छ । ईलाका प्रहरी कार्यालय बुुटवलमा डीएसपी भीमलाल भट्टराईले विप्लवका गतिविधि बुटवल क्षेत्रमा नभएको दाबी गरे । विप्लवका कार्यकताले मिलनचोकमा पोस्टरहरू टाँसेको प्रश्नमा भट्टराईले भने, ‘हो र मलाई त जानकारी छैन ।’

सोमवार राति टाँसेको अपिल सहितका रंगीन पोस्टरमा मंगलवार बिहान हटाएको छ ।

कमेन्ट गर्नुहोस्