×

NMB BANK
NIC ASIA

ओरालोतर्फ शेयर बजार, नेप्सेमा झिनो गिरावट

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक आज भने सोही लयमा घटेको छ । 

Muktinath Bank

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर एक हजार १३९.४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २५०.१२ मा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झिनो अङ्कले नेप्से ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनामा सुधार देखिएको छ । कुल १६२ कम्पनीको १० लाख ५८ हजार ८९६ कित्ता शेयर रु २८ करोड ४४ लाख ७२ हजार ५०१ मूल्यमा खरिदबिक्री भयो । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर ओरालो लागेको छ भने एक उपसमूह भने तटस्थ देखिएको छ । 

Vianet communication
Laxmi Bank

स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् । 

कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु तीन करोड ९४ लाख २३ हजार २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको रु एक करोड ५६ लाख ४५ हजार ७७५, एभरेष्ट बैङ्कको रु एक करोड ४६ लाख ४६ हजार ४३५, नबिल बैङ्कको रु एक करोड २४ लाख ७४ हजार १२५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर रु ९२ लाखमा कारोबार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम–१ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्था ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्क ५.०७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८२, गुडविल फाइनान्स ४.५८ र हिमालयन डिष्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । 

यस्तै सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.७६, रिलायन्स फाइनान्स ५.०४, नेशनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २.९७ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x