कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
एसियाली राजनीति र शासन–प्रशासनको शक्ति समीकरणमा व्यापक फेरबदलका संकेतहरू देखिएका छन् । कुनै समय एकाध मुलुकबाहेक पूरै पश्चिमा शक्तिको नियन्त्रणमा रहेको एसिया यतिबेला सुनौला सपनासहित विश्व व्यवस्थामा आफ्नो भूमिका खोजिरहेको छ ।
दोस्रो विश्वयुद्धअघि बेलायतसहित युरोपेली प्रभुत्वले थिचिएको एसिया त्यसपछि प्रजातन्त्रको बर्को ओढेर अमेरिकी प्रभुत्वको कठोर छायाँमुनि उभिन बाध्य भयो । समयक्रमसँगै पश्चिमी प्रभुत्वका सिक्रीले बाँधिने दिनबाट पूर्णरूपमा मुक्त हुँदै एसिया विश्व राजनीतिक रंगमञ्चमा कुनै नयाँ सन्देश दिन पर्खिरहे झैं भान हुन थालेको छ । खासगरि पूर्वी एसियामा चीन अमेरिकी ध्रुवविपरीतको शक्तिशाली पहाड हो । यद्यपि यसअघि अमेरिकाले उसको उचाइलाई खासै अर्थपूर्ण ठानेको थिएन ।
चीनबाट थोरै पर इतिहासको वैचारिक–राजनैतिक साझेदार मस्को फेरि एकपटक बेइजिङसँगको पुरानो मित्रतालाई प्रगाढ बनाउँदैछ, किनकि मस्कोबाट क्रेमलिनले पश्चिमाविरुद्ध इतिहासदेखि नै लडाईंका अनगिन्ती श्रृंखलाहरूको सामना गर्दै आएको छ र आज पनि क्रेमलिनले ह्वाइटहाउसलाई चुनौती पेश गरेकै छ । पूर्वी एसियामा चीनको जादुमय उदय, जापान तथा दक्षिण कोरियाको मौनता र मस्कोको पूर्वी गठबन्धन एसियाली युगको सौभाग्य र सुखद् भविष्यका सकरात्मक संकेत हुन् ।
लामो समय अमेरिकी नियन्त्रणमा रहेको मध्यपूर्वमा अब रुस र चीनका सक्रिय गतिविधिहरू एवं सम्बन्धका रणनीतिक आयामहरू सघन र फराकिलो बन्दै गएका छन् । गत अक्टोवर १४ मा साउदी अरबको राजकीय भ्रमणमा पुटिनले २ अर्ब डलर बराबरको सम्झौतामा हस्ताक्षर मात्रै गरेनन् ड्रोन आक्रमणबाट क्षति पुगेको साउदीको महत्त्वपूर्ण सरकारी तेल उत्पादन कम्पनी अरामकोमा भएको घटनाको अन्तर्राष्ट्रिय जाँचमा समेत साउदीले मस्कोलाई सहभागिताका लागि निमन्त्रणा गरेको छ र पुटिनले रियादमा १२ तोपको सलामी पाए । साथै रक्षा मामिलामा रुसको एयर डिफेन्स मिसाइल एस–४०० खरिद र भविष्यमा उसको सम्भावित तैनाथिका सन्दर्भमा पनि चर्चा भयो र यसले अमेरिकी कूटनीतिलाई झट्का दिएको विश्लेषण गरिएको छ । यसअघि अमेरिकी नियन्त्रणको आँखाले हेरिने साउदी अरबसँग पुटिनको यस सम्बन्धले समीकरण परिवर्तनको संकेत गरेको छ ।
सिरियामा आठ वर्ष लामो गृहयुद्धमा अमेरिकाले विद्रोहीलाई साथ दिएपछि बसर अल असदले रुसप्रति पूर्ण भरोसा गरे । रुसी संरक्षणले असदको सत्ता टिक्न नसक्ने र उनले सद्दाम वा गद्दाफीको नियति बेहोर्नुपर्ने पश्चिमा विश्लेषकहरूको अनुमान थियो । तर मस्कोले वाशिङ्गटनद्वारा प्रत्येक पलमा गरिने कारवाहीको प्रतिवाद गर्यो । ब्यानरमा सिरियाली सरकार र विद्रोही देखिएको एलेप्पो र अन्य शहरका लडाईंहरूमा इनसाइड स्टोरी भने रुस र अमेरिकी शक्तिको अभ्यास स्पष्ट थियो । लाखौं मानिसहरूको हताहतीका बाबजुद अन्ततः विना कुनै नतिजा अमेरिका सिरियाबाट रित्तो हात फर्किन बाध्य भयो । अमेरिकी विदेश नीतिले मध्यपूर्वमा हारको सामना गरेसरहको नतिजा आयो । नेटोको रिक्ततामा रुस र इरान अब त्यस इलाकामा आफ्नो प्रभुत्वको जग बसाल्दैछन् र चीनलाई लगानी र मुनाफाको सुरक्षित वातावरण पनि त्यहाँ तयार हुने भयो । कुर्दहरू मस्को र दमास्कसका पुराना प्रतिद्वन्द्वीअघि समर्पण गर्न बाध्य भए र कुर्द सिविरमा राखिएका इस्लामिक कट्टरपन्थीहरूले यही समयलाई पुनरोदयको एक महत्त्वपूर्ण घडी ठानेका छन् ।
इरानमा अमेरिकी ड्रोन खसालिएपछि घोषणा गरिएको सैन्य कारवाही केही घण्टाभित्रै फिर्ता लिनु, आठ वर्ष लामो युद्धपश्चात पनि असदको सत्ता विस्थापन गर्न नसक्नु र कुर्द लडाकुलाई गम्भीर धोका दिनु मध्यपूर्वमा अमेरिकी पराजयका पछिल्ला दृष्टान्तहरू हुन् । तिनै घटनाले मध्यपूर्वमा अमेरिकी सुरक्षा छाता विश्वसनीय छैन भन्ने सन्देश प्रवाहित भयो ।
उत्तरी सिरियामा अमेरिकी सेनालाई सघाउँदै आएका कुर्द लडाकुहरूमाथि टर्कीले बमबारी गरेपछि अमेरिकामा ट्रम्पको व्यापक आलोचना भयो । जवाफमा ट्रम्पले सघाएबापत कुर्द लडाकुलाई प्रर्याप्त पैसा दिएको प्रतिक्रिया दिए । त्यसको थप आलोचनापछि अमेरिकाले टर्कीलाई कुर्दमाथिको आक्रमण रोक्न धम्कीपूर्ण पत्र पठायो टर्कीले अमेरिकी पत्रलाई फोहोरको डस्टबीनमा फ्याँकिदियो । अन्ततः आफूले सेफ जोन बनाउन चाहेको इलाकाबाट कुर्द लडाकुहरू पछाडि हट्नुपर्ने शर्तमा टर्कीले अमेरिकालाई मध्यस्थकर्ता बनाएर अस्थायी युद्धबिराममा सहमति जनायो । यस घटनाले मध्यपूर्वमा अमेरिकी सुरक्षा छाताको अपर्याप्तता झन प्रष्ट भयो ।
खासगरी ट्रम्पले मध्यपूर्वका सन्दर्भमा मुर्खतापूर्ण र अन्तहीन युद्धबाट बाहिर आउने समय भइसकेको पहिले नै बताइसकेका थिए । उनले फाइदा र विजयको सुनिश्चितता हुने स्थानमा मात्र लड्नु उपर्युक्त हुने निष्कर्ष निकालेका थिए । विश्वको हवल्दार बन्नुपर्ने र संसारको सुरक्षा ग्यारेन्टीको भारी बोक्नुपर्ने बाध्यता अमेरिकालाई नभएको भन्दै उनले सबै मुलुकले आ–आफ्नो सुरक्षाको जिम्मा आफैं लिनुपर्ने कुरा नीतिगत रूपमा पटक–पटक दोहोर्याएकै थिए र यसपटक सिरियाबाट सेना घर फर्काउँदै त्यसलाई कार्यान्वयनको चरणमा प्रवेश गराए ।
सिरियाबाट अमेरिकी सेना फिर्तापछि त्यहाँ रुस र सिरियाली फौजलाई थप बल पुगेको छ भने टर्कीले यही उपर्युक्त समयमा अलिकति पनि ढिला नगरी आफ्नो चाहनालाई मैदानमा ल्याएको छ ।
अमेरिकी पूर्व विदेशमन्त्री पिजे क्राउलीका अनुसार टर्कीका राष्ट्रपति अर्दोआनले ट्रम्पलाई किताब झैं पढेर निकै चातुर्यताका साथ संवादको वातावरण बनाए । साथै अमेरिकी पूर्व विदेशमन्त्री क्राउलीले इरानले एउटा अमेरिकी ड्रोन खसालेको घटनामा ट्रम्पले प्रतिवादस्वरूप जवाफी कारवाहीको निर्देशन दिएको र तुरुन्तै उक्त निर्देशनको कार्यान्वयन गर्नबाट आफैंले रोकेको विषयलाई गम्भीरताका साथ लिँदै सो घटनापछि अमेरिकाको मध्यपूर्वमा सबैभन्दा विश्वासिलो मित्र साउदी समेत ससंकित भई तेहरानसँग संवादको कोशिश शुरू गरेको उल्लेख गरेका छन् । मध्यपूर्वबाट अमेरिकाले फौज फिर्ता लिएपछि इरान, साउदी अरब, सिरिया लगायतका मुलुकहरू एकठाउँमा उभिनसक्ने र त्यसले इजरायलमाथि खतरा निम्त्याउने आसय पनि क्राउलीबाट व्यक्त भएको छ । ट्रम्प प्रशासनका धम्की र फितला कदमहरूले पूर्वमा जापान र दक्षिण कोरिया पनि आफ्नो वैधानिक अधिकारका लागि अमेरिकाले आवाज उठाइदिनेमा स–संकित भएको विश्लेषण गरिएको छ ।
दक्षिण एसियामा पनि पुराना समीकरणहरूमा व्यापक फेरबदलको संकेत देखिएका छन् । यद्यपि अमेरिकी सैन्य संयन्त्रभन्दा बाहिर रहेको दक्षिण एसियामा सैन्य कारवाही वा प्रतिबन्ध जस्ता विषयहरू त देखिएका छैनन् तर यहाँको कूटनीतिक वृत्तमा जसरी स–साना भुइँचालाहरू आइरहेका छन् यसले देखाउँछ कि विश्वव्यापी र अझ विशेषगरी एसियाली क्षेत्रमा समीकरणमा देखा परेका फेरबदलका संकेतहरू दक्षिण एसियामा पनि अनुभव गर्न सकिने स्तरमै आएका छन् । दक्षिण एसियाको शक्ति समीकरणमा सबैभन्दा पहिले यहाँको बिग पावरका रूपमा रहेका भारत–पाकिस्तानमा त्यसको असर पर्छ ।
दिल्ली र इस्लामावादमा हलचल भइसकेपछि बाँकी दक्षिण एसियामा त्यसका कम्पन र पराकम्पनद्वारा उत्पन्न हुने प्रतिक्रियाले यहाँको अवस्था अवगत हुन्छ । दक्षिण एसियामा हलचलको शुरूवात विकास र आर्थिक गतिविधिबाट भएको छ । पाकिस्तानले बीआरआईअन्तर्गत ग्वादरपोर्ट चीनलाई लिजमा बुझाएको छ र इस्लामावाद बीआरआर्ईको कट्टर समर्थकका रूपमा देखा परेको छ भने त्यसको ठीकविपरीत भारत इन्डोप्यासिफिकको कट्टर समर्थकका रूपमा आउँदैछ । उनीहरूको सैन्य हलचल काश्मिरमा देखिने छ र कूटनीतिक लडाईं संयुक्त राष्ट्र संघका विभिन्न फोरम र निकायसम्म पुग्छ ।
दक्षिण एसियाको अर्को शक्तिका रूपमा आफ्नो भू–राजनीतिक–सामरिक महत्त्वका कारण स्मल पावरका रूपमा नेपाल देखिएको छ । यतिबेला नेपाललाई सन १९६० आसपासको जत्तिकै परिपक्व अझ अलि बढी आक्रामक कूटनीति चाहिएको छ । नेपालमा बीआरआई र इन्डोप्यासिफिक लाइन जुध्ने सम्भावना बढी छ, ती दुई रणनीतिलाई सन्तुलनमा राख्नु हाम्रो अघिको अहम् चुनौती हो । कुरा स्पष्ट छ कि बीआरआई विकास परियोजना हो भने इन्डोप्यासिफिक सैन्य रणनीति हो । वैदेशिक लगानीका हिसाबले नेपालमा विकास परियोजना निर्माणमा चीन सबैभन्दा अगाडि छ । पश्चिमा मुलुकहरूको लगानी एनजीओमा बढी होला । जे होस् चीन–भारत र अमेरिकाको त्रिपक्षीय चासो नेपालमा छ । नेपालको हिमालय पर्वत श्रृंखलाबाट वेइजिङ र दिल्लीलाई अब्जर्भ गर्न सकिने भएकाले यहाँ अमेरिकी चासो बढेको छ भने चीन र भारत त आ–आफ्नो सीमा जोडिएको क्षेत्रमा संवेदनशील हुने नै भए ।
दक्षिण एसियामा अफगानिस्तान अर्को रणनीतिक महत्त्वको भूगोल हो । त्यस भू–राजनीतिलाई आफ्नो अनुकूल बनाउन कुनै समय सोभियत संघ र अमेरिकाबीच टक्कर थियो । सोभियत संघको प्रभुत्वबाट अमेरिकी प्रभुत्वको छायाँमुनि रहेयता अफगानिस्तान अन्तहीन द्वन्द्वको भूमरीमा छ । आज पनि अफगानिस्तानको द्वन्द्व समाधानका लागि चीन–रुस–अमेरिकाको त्रिपक्षीय चासो छ । भारत आफ्नो कुनै सहभागिताविना तालिवान र सरकारबीच कुनै सहमति भइहाल्यो भने त्यहाँ भोलिको आफ्नो प्रभाव के होला भन्ने चिन्तामा छ । पछिल्ला दिनहरूमा काबुलका घटनाहरूमा रुस र चीनले बढी चासो प्रकट गरेका छन् र तालिवानले पनि उनीहरूलाई नै प्राथमिकतामा राखेको अनुमान गर्न सकिन्छ । यसरी सबै मुलुकका राज्य संयन्त्र, आर्थिक लगानी, सैन्य सहयोग लगायतलाई हेर्दा एसियामा समीकरण फेरबदलका लागि निकै सक्रिय अभ्यासहरू जारी छन् भन्न कठिन छैन ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...