×

NMB BANK
NIC ASIA

विकास-निर्माण

भैरहवा विमानस्थलमा अत्यावश्यक उपकरण आउन ढिलाइ, ३ महिना पछाडि धकेलिने संकेत

कात्तिक २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुुटवल – रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । 

Muktinath Bank

सम्पूूर्ण संरचना निर्माण सम्पन्न भएर अब विमानस्थलको निर्माणका अन्तिम केही काम मात्र बाँकी छ । निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदा सबै क्षेत्रको चासो विषय बनेको छ विमानस्थल । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थल सञ्चालनमा आउन अब जम्मा ४० दिन मात्र बाँकी छ । विमानस्थल निर्माण सम्पन्न गर्ने अन्तिम मिति आउँदो डिसेम्बर ३० (पुस १४ गते) सम्मको हो ।


Advertisment
Nabil box
Kumari

विमानस्थलका आयोजना प्रमुुख तथा इन्जिनीयर प्रवेश अधिकारीले उपकरण जडान र रंगरोगनको काम बाँकी रहेको बताए । ‘हामीले तोकिएकै समयसीमा (डिसेम्बर ३०) भित्रै सञ्चालनयोग्य बनाइसक्छौं,’ इन्जिनीयर अधिकारीले भने, ‘तर विमानस्थलमा अत्यावश्यकीय विद्युुतीय र सूूचनासँग सम्बन्धित उपकरणहरू जडान भएपछि मात्र पूूर्णरुपमा उडान हुुनेछ ।’

Vianet communication
Laxmi Bank

अत्यावश्यक उपकरण अझै आइपुगेका छैनन् । उपकरण आउन भइरहेको ढिलाइले विमानस्थल सञ्चालनमा आउने समयसीमा ३ महिना पछाडि धकेलिने संकेत देखिएको छ । युुरोपका विभिन्न देशबाट मगाइएका उपकरण नेपाल ल्याउने प्रक्रियामा छन् ।

‘धावनमार्ग बनेपछि विमान सञ्चालनमा ल्याउन सकिन्छ । तर ती सबै उपकरण जडान गरेर पूूर्णरुपमा सञ्चालनमा आउन केही महिना थप्नुुपर्ने छ,’ उनले भने, ‘नेपाल नागरिक उडड्यन प्राधिकरण र हामीबीच मार्च अन्तिम चरणबाट पूूर्ण रुपमा सञ्चालन गर्ने छलफल भइरहेको छ ।’

आयोजना अहिले उपकरणको पर्खाइमा छ । विमानस्थलको टावरका सामान, व्यागेज कलेक्सन (कन्भेयर बेल्ट), यूपीएस, फ्लाइट इन्फरमेसन सिस्टम डिस्प्ले बोर्ड, प्यासेन्जर इन्फरमेसन डिस्प्ले बोर्ड, फायर अलार्म सिस्टम, स्मोक डिटेक्टर सिस्टम, कम्युनिकेसन नेभिगेसनका उपकरण, लिफ्ट, एक्सरे मशिन र अन्य उपकरण समयमै आउनुुुपर्ने हो । ती उपकरण आउन अझै २०/२५ दिने लाग्ने बताइएको छ । उपकरण नआउँदासम्म ट्याक्सी पार्किङको सम्पूूर्ण काम सक्ने योजनामा आयोजना छ । 

विमानस्थल निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रमा पनि कुनै अवरोध छैन । निर्माण कम्पनी चिनियाँ नर्थ वेस्टले पनि समयमै काम सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ ।

भौतिक प्रगति ८५ प्रतिशत

विमानस्थलको हालसम्म भौतिक निर्माणको प्रगति ८५ प्रतिशत सकिएको छ । प्रमुुख अधिकारीले बाँकी काममध्ये १० प्रतिशत उपकरण जडान र ५ प्रतिशत अन्य काम बाँकी रहेको जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पनि विमानस्थलको निरीक्षण गरी आउँदो डिसेम्बरभित्र नै सञ्चालन गरिने बताएका थिए । 

कोइरालाले गरे शिलान्यास, ओलीको पालामा सञ्चालन

तत्कालीन प्रधानमन्त्री सुुशील कोइरालाले २०७१ माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । निर्माण शुरू भएको ५ वर्ष विमानस्थल सञ्चालन गर्न योग्य हुँदैछ । कोइरालाको पालामा निर्माण शुुरू भएको विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको (कुनै समस्या नआए) सञ्चालनमा आउने देखिएको छ ।

निर्धारित समयमै सक्न निर्देशन 

प्रधानमन्त्री ओलीले निर्धारित समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । कात्तिक ६ गते आयोजना प्रमुुख अधिकारीसँग सिंहदरबारबाट प्रत्यक्ष जानकारी लिई समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् । कार्यशैली बदलेर भएपनि समयमै काम सक्न प्रधानमन्त्री ओलीले ताकेता गरेका छन् ।

कामदार थपेर धमाधम बाँकी काम

विमानस्थलमा अहिले दैनिक २ सय कामदारले काम गरिरहेका छन् । बाँकी कामका लागि सय जना कामदार थपिने भएको छ । त्यसका लागि विमानस्थल निर्माण कम्पनी चिनियाँ नर्थ वेस्टले सय जना कामदार थप्दैछ ।

अधिकारीले अबको १–२ दिनभित्र दैनिक ३ सय कामदार काममा लगाइने छ । बाँकी कामलाई पूूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

निजी क्षेत्र उत्साहित

विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुुगेपछि स्थानीय उद्योगी व्यवसायी उत्साहित छन् । बुुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुुर हमालले विमानस्थल सञ्चालनमा आएपछि ५ नम्बर प्रदेशको उद्योग र पर्यटनको क्षेत्रमा ढोका खुुल्ने बताए । उनले विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण हुुन थालेपछि विकासमा ठूूलो टेवा पुुग्ने विश्वास व्यक्त गरे । विमानस्थलले लुुम्बिनी र त्यहाँ आउने विदेशी पर्यटक बढ्नेछन् । 

लागत ६ अर्ब २२ करोड

विमानस्थल निर्माणको लागत ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यो रकम जग्गा अधिकरण बाहेकको हो । आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।

लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकलन छ । 

विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ । प्रमुख प्रवेश अधिकारीले एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने बताए । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए ।

सौर्य ऊर्जा जडानका लागि एडीबीले १ अर्ब अनुदान रकम दिने गरी छलफल चलाएको छ । १० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब १ अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ ।सोहीअनुसार विद्युत्, एडीबी र नागरिक उडड्यन प्राधिकरणबीच छलफल भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x