अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

लहान – अंगभंग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाउँपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


Advertisement

अंगभंग मुद्दामा यादवलाई जिल्ला अदालतबाट ६ महिना कैद तथा ५ हजार २ सय रुपैयाँ जरिवाना तोकिएको थियो । 

यस्तै, भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको राँगा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले बुधवार साँझ नेपालतर्फ अवैध तरिकाले ल्याउँदै गरेको ५ राँगा नियन्त्रणमा लिएको हो ।

अन्दाजी २० हजार रुपैयाँ मूल्य बराबरको सो राँगा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

कमेन्ट गर्नुहोस्