×

NMB BANK
NIC ASIA

प्रसादमा साइनाइड विष मिसाएर १० जनालाई मार्ने व्यक्ति पक्राउ

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा एक व्यक्तिले प्रसादमा साइनाइड विष राखेर १० जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विष खुवाएर उनले पीडितको नगद, सुन र चाँदी लुट्ने गरेका थिए । 

Muktinath Bank

वेल्लंकी सिम्हाद्री नामक ती व्यक्तिलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो । उनले आन्ध्र प्रदेशमा फेब्रुअरी २०१८ देखि अक्टोबर २०१९ सम्म उक्त हत्या गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको दस्तावेजअनुसार, सिम्हाद्रीले पीडितहरूलाई प्रसादमा साइनाइड हालेर दिने गरेका थिए । साइनाइडको उपयोग धातुहरू सफा गर्ने रसायनका रूपमा गरिन्छ र बढी डोज परेमा प्राणघातक हुन्छ । उनले पीडितहरूलाई साइनाइड एक परम्परागत औषधि हो भन्दै दिने गरेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

नौजना पीडितबाट सिम्हाद्रीले सामानहरू चोरेको प्रहरीको दस्तावेजमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

अक्टोबर १७ मा शिक्षक काती नागराजु एलुरुमा बेहोश अवस्थामा फेला परेको प्रहरीले जनायो । त्यसको अघिल्लो साँझ उनले पत्नीलाई आफू बैंक जान्छु भनेको तर घर नफर्केको प्रहरीको भनाइ छ ।

सिम्हाद्रीलाई सीसीटीभीमा नागराजुसँग कुरा गरेको देखिएको प्रहरीले जनायो । उनलाई मंगलवार पक्राउ गरेपछि उनले १० वटा हत्या सकारेका थिए । 

सिम्हाद्रीलाई पक्राउ गरिएपनि कुनै अभियोग लगाइएको छैन र पुर्पक्षको मिति पनि तोकिएको छैन । उनले हत्या गरेको ठहर भएमा कि त मृत्युदण्ड कि त आजन्म कारावासको सजाय दिइनेछ ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x