६ वर्षीय बालकले गोली भरिएको बन्दूक लगे विद्यालयमा

काठमाडौं – एकजना व्यक्तिले आफ्नो बन्दूक हराएको उजुरी दिएको एक दिनपछि उनकै नातिको स्कूले झोलामा उक्त बन्दूक भेटिएको छ । 

६ वर्षीय नाति अमेरिकाको ओहायो राज्यको कोलम्बसमा रहेको किड्स केयर इलेमेन्टरीमा पढ्छन् । उनले बुधवार स्कूले झोलामा गोली भरिएको अर्धस्वचालित बन्दूक ल्याएको प्रहरीले जनाएको छ । 


Advertisement

उनले अर्का एक विद्यार्थीलाई बन्दूकको बारेमा बताएपछि विद्यालयले थाहा पाएको थियो । ती विद्यार्थीले शिक्षकलाई बताएपछि घटनाको खुलासा भएको थियो । विद्यालयले बन्दूक लिएपछि प्रहरीलाई खबर गरेको थियो । 

प्रहरीको बन्दूकजन्य अपराध इकाइका डिटेक्टिभ डेभ बुसीले बन्दूक किन विद्यालय ल्याइएको हो भन्ने नखुलेको बताए । 

ती बालकको उमेर र क्षमताका कारण कुनै मुद्दा नलाइने बुसीले बताए । घटनाको अनुसन्धान भइरहेको छ ।

अमेरिकामा विद्यालय जाने उमेरका बालबालिका बन्दूकका कारण ड्युटीमा रहेका प्रहरीभन्दा बढी संख्यामा मर्ने गरेका छन् । 

बालबालिकाको पहुँचबाट बन्दूक टाढा राख्न बुसीले आग्रह गरे ।

सीएनएनबाट
 

कमेन्ट गर्नुहोस्