×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले जापानका प्रधानमन्त्रीलाई गर्‍यो तथानाम गाली, भ्रमणको अनुमति नदिने बतायो

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख र खलनायक’ भन्दै उनलाई प्योङयाङमा पाइला पार्न नदिने बताएको छ । 

Muktinath Bank

उत्तर कोरियाले गरेको हतियार परीक्षणको आबेले आलोचना गरेपछि उनलाई अपमान गर्दै उत्तरको मिडियामा टिप्पणी आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर कोरियाले गत बिहीवार विशाल रकेट लोन्चरहरू परीक्षण गरेको बताएको थियो । तर जापानले त्यो ब्यालिस्टिक क्षेप्यास्त्र भएको हुन सक्ने बतायो । 


Advertisment
Nabil box
Kumari

आबेले यसै हप्ता भएको एसियाली शिखर सम्मेलनमा उत्तर कोरियाको हतियार परीक्षणको भर्त्सना गर्दै आफू उत्तरका नेता किम जोङ–उनसँग निःशर्त भेट्न उत्सुक रहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

‘आबे मूर्ख र खलनायक हुन् । जापानमा आणविक हतियार खसाइएको जस्तो होहल्ला उनले गरिरहेका छन् र हामीले गरेको रकेट लोन्चर परीक्षणमाथि आपत्ति उठाएका छन्,’ उत्तरको समाचार संस्था केसीएनएले लेख्यो । 

‘आबेलाई प्योङयाङको भूमिमा पाइला टेक्ने सपना नदेख्न सल्लाह दिइन्छ किनकि उनले उत्तर कोरियाको आत्मरक्षाका लागि गरिएको हतियार परीक्षणको निन्दा गरे,’ टिप्पणीमा लेखिएको छ ।

आबेले उत्तर कोरियाद्वारा अपहृत जापानी नागरिकहरूको मुद्दा टुंग्याउने आशा गरेको भए पनि यो टिप्पणीले त्यसलाई चकनाचुर पारेको छ । आबेले सबै जापानीलाई देश फिर्ता ल्याउने प्रतिज्ञा गरेका छन् र किमसँग निःशर्त भेट्न चाहेको बताएका छन् ।

रोयटर्सबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x