×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र जगत्लाई अगाडि बढाउन राष्ट्रपतिको जोड

कात्तिक २१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

वीरगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ  ।

Muktinath Bank

नेपाली चलचित्र प्रदर्शन ५४ औँ वर्षमा प्रवेश गरेका उपलक्ष्यमा वीरगञ्जमा आयोजित ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव २०७६’ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक, भाषिक क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याएको नेपाली चलचित्र जगत्लाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । तीन दिनसम्म चल्ने महोत्सवमा ६ भन्दा बढी चलचित्र प्रदर्शन गरिने छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“प्राकृतिक छटाले भरिपूर्ण रहेको तथा प्रकृतिको काखमा अवस्थित यो प्रदेशमा आयोजित यस कार्यक्रमले चलचित्र क्षेत्रको विकासमा थप टेवा थपेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्रको कारण देशको गौरवको बढेकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।”  राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्ने पनि बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

उहाँले स्वच्छ, स्वस्थ, स्वतन्त्र रुपमा निर्माण गर्नुपर्ने बताउँदै निर्माताहरुलाई समाजमा व्याप्त रहेको बोक्सी प्रथा, बालविबाह, दाइजो प्रथा जस्ता कुरीतिको विरोधमा सकारात्मक चलचित्र बनाउन सुझाव दिनुभयो ।

Vianet communication
Laxmi Bank

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाली चलचित्रका प्रथम छायाकार बैकुण्ठ मास्के र  सम्पादक तीर्थराज श्रेष्ठलाई स्वर्णीम सम्मान प्रदान गर्नुभयो भने केडिया समूहका तर्फबाट प्रदीप केडियालाई सम्मान हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रलाई मनोरञ्जनका रुपमा मात्र नलिएर यसमा नयाँनयाँ सिर्जना गरी हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्नुपर्ने तथा चलचित्र क्षेत्रको विकासमा सरकार मात्र नभएर निजी क्षेत्र पनि अग्रसर हुनुपर्ने बताउनुभयो । चलचित्र निर्मातालाई सिर्जनात्मक तथा नेपालीपन एवं मौलिकतालाई ध्यानमा राखी चलचित्र निर्माण गर्न पनि उहाँले आह्वान गर्नुभयो । 

नेपाली चलचित्रको विकासका लागि वर्तमान सरकार नयाँ कानुन निर्माणतर्फ अग्रसर रहेको जानकारी उहाँले दिनुभयो । मैथिली भाषाका कविकोकिल विद्यापतिलगायत अन्य विभूतिले भाषा तथा संस्कृतिको विकासमा दिएको योगदान बिर्सन नहुने बताउनुभयो । 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले  भारतीय सिने स्टार गोविन्दाको नाम लिनेहरु कार्यक्रममा बढी देखिएको तर हाम्रै देशमा रहेका कलाकारलाई बिर्सिने गरेको बताउँदै निर्माताले चलचित्र बनाउँदा समाजले मागेको कथावस्तु दिन सक्नुपर्छ भन्नुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियालगायतले पनि बोल्नुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x