मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
पोखरा - कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् ।
‘आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ,’ स्थानीयवासी ८० वर्षीया पूर्णकुमारी आचार्यले भनिन् ।
‘मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्ने चाहन्छौँ,’ आचार्यले भनिन् ।
अर्का स्थानीयवासी ८५ वर्षीया वैकुण्ठनाथ आचार्यले पनि भट्टराईको उम्मेदवारीले खुशी भएको बताए । ‘हामीले गुमाएको त पाउन सक्दैनौँ अब विद्याले हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन् । विद्याभित्र रवीन्द्र देखिरहेका छौँ,’ उनले भने ।
अधिकारीको निधनपछि निराश स्थानीय बासिन्दा भट्टराईको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृहस्थान पुग्नुभएकी भट्टराईलाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले अधिकारीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।
भट्टराईले अधिकारीलाई राजनीतिक उचाइमा पु¥याउन आफू पर्दा पछाडि बसेर राजनीतिक योगदान गरिरहेको बताइन् । ‘आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनुस्,’ भट्टराईले भनिन् ।
कास्की क्षेत्र नं २ का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै उनले सम्पूर्ण जनसमुदायलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरीक हुन आग्रह गरिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले पार्टीकी क्षमतावान् र बौद्धिक नेत्री भट्टराई राजनीतिक चेत भएको कुशल उम्मेदवार भएको बताए ।
उम्मेदवार व्यवस्थापन समिति संयोजक धनराज आचार्यले अधिकारीको सपना र विश्वास अगाडि बढाउन भट्टराईको महत्वपूर्ण भूमिका हुने बताए । अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक अधिकारी गुमाए पनि उहाँको राजीतिक र नेतृत्वदायी गुण अब भट्टराईमा भेटिने जिकिर गरे ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...