×

NMB BANK
NIC ASIA

'बाला' फिल्म समीक्षा : शारीरिक कमीमाथि बनेको अर्थपूर्ण कमेडी

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हाम्रो समाजमा महिलाहरूले शरीरका विषयमा अनेकौं टीकाटिप्पणी सुन्नुपर्छ । काली महिला वा मोटी महिलाले जिन्दगीभरि अपमान सहनुपर्ने हुन्छ । निर्देशक अमर कौशिकको बाला फिल्ममा चाहिँ युवकहरूको तालुखुइलेपनाको कुरा उठाएका छन् । निर्देशकले चतुर्‍याइँपूर्वक कपाल झर्ने समस्यालाई डील गरेका छन् अनि काली युवतीप्रति समाजको संकीर्ण दृष्टिकोणलाई पनि प्रस्तुत गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बाल्यकालमा बालमुकुन्द अर्थात् बाला (आयुष्मान खुराना) को कपाल घना र रेशमी थियो अनि उनी कपाल खेलाएर बस्थे । तर २५ वर्ष हुँदासम्म उनको घना कपाल झर्न थाल्छ । तालुखुइले बन्दै जाँदा उनकी बाल्यकालदेखिकी प्रेमिकाले पनि छोडेर जान्छिन् । समाजले उनको मजाक उडाउन थाल्छ । जागिरमा पनि उनी घटुवामा पर्छन् । उनको बिहा हुन सक्दैन । उनी कपाल फेरि उमार्नका लागि अनेकौं उपाय अपनाउँछन्, चाहे त्यो घिनलाग्दो उपाय नै किन नहोस् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनकी विद्यालयकालकी साथी लतिका (भूमि पेडनेकर) ले उनलाई सत्य बताउन खोजेपनि उनी लतिकासँग चिढिन्छन् । लतिका एक वकिल हुन् र काली भएका कारण दुत्कारिन्छिन् । तर आफूलाई कहिले पनि हीन अनुभव गर्दिनन् । 


Advertisment
Nabil box
Kumari

उता कपाल उमार्न सबै उपाय अपनाएका बाला अन्ततोगत्वा हेयर ट्रान्सप्लान्टका लागि तयार हुन्छन् । उनलाई मधुमेहका कारण यो समस्या भएको हुन सक्ने थाहा लाग्छ । हताश भएपछि उनी आफ्ना पिता (सौरभ शुक्ला) को विग लगाउन थाल्छन् । अनि उनको आत्मविश्वास फर्किन्छ । 

Vianet communication
Laxmi Bank

त्यही आत्मविश्वासको बलमा उनी टिकटक स्टार परी (यामी गौतम) सँग प्रेम अभिव्यक्त गर्छन् । बिहेसम्म कुरा पुग्छ तर परीलाई बाला तालुखुइले हो भन्ने थाहा हुन्न । बालाको सत्य कुरा थाहा पाएपछि परीको प्रतिक्रिया के हुन्छ ? बालाले आफ्नो तालुखुइलेपनालाई स्वीकार गर्छ ? 

बालामा निर्देशक कौशिकले यस विषयलाई गहिरो गरी प्रस्तुत गरेका छन् । विषयको गहिराइमा पुगेर उनले यसलाई मेलोड्रामाटिक नबनाई कमेडीको फ्लेवर दिएका छन् । 

कानपुरमा शूटिङ गरिएको फिल्ममा अभिनेताहरूले कानपुरी बोली बोलेका छन् र त्यो रमाइलो सुनिन्छ । पहिलो हाफ निकै रमाइलो छ तर दोस्रो हाफमा भाषणबाजी छ । क्लाइमेक्सले सुन्दर सन्देश दिन्छ । 

काली युवतीका रूपमा भूमिको मेकअपमा राम्रो ध्यान पुगेको पाइएन । 

लेखक नीरन भट्टको वान लाइन संवाद ‘हेयर लस हैन, आइडेन्टिटी लस भइरहेको छ मेरो’ गजबको सुनिन्छ ।  

सचिन–जिगरको संगीतमा बादशाह, शाल्मली, गुरदीपको डन्ट बी शाय गीत दामी बनेको छ ।

आयुष्मान खुरानाले शानदार अभिनय गरेर आफू जस्तोसुकै भूमिकामा फिट भएको सन्देश दिएका छन् । तालुखुइले पात्र छनोट गर्दा इमेजमा धक्का पर्ला भनेर उनले हिचकिचाएको देखिँदैन । भूमिका छान्न साहस देखाउनुका साथै उनले त्यसलाई न्याय समेत गरेका छन् । यामी गौतमले टिकटक स्टारका रूपमा राम्रो अभिनय गरेकी छन् अनि अत्यन्तै सुन्दर पनि देखिएकी छन् । भूमि पेडनेकर पनि फरक फरक भूमिका गर्न डराउँदिनन् । साँड की आँखमा बूढी महिला बनेकी भूमि यस फिल्ममा काली युवती बनेकी छन् र भूमिकामा छाएकी छन् । 

अन्य कलाकारहरू सौरभ शुक्ला, जावेद जाफरी, सीमा पाहवा, दीपिका चिखलिया र अभिषेक बनर्जीले पनि राम्रो अभिनय गरेका छन् ।

फिल्म : बाला

कलाकार : आयुष्मान खुराना, भूमि पेडनेकर, यामी गौतम, सौरभ शुक्ला आदि

निर्देशक : अमर कौशिक

विधा : कमेडी

रेटिङ : ३.५/५

नवभारत टाइम्समा प्रकाशित समीक्षा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x