यसरी बनाउनुस् स्वादिष्ट मटरको खीर

काठमाडौं – मटरको पनि खीर बनाउन मल्छि भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्छ होला । यो निकै स्वादिष्ट हुन्छ र बनाउन पनि सजिलो छ । यहाँ हामी यसको रेसिपी बनाउन सिकाउनेछौं । 

सामग्री
आधा कप मटर
चार ठूला चम्चा घिउ
आधा लिटर दूध
१२ किसमिस
६ वटा हरियो अलैंची
चिनी
१२ वटा पिस्ता
गार्निशिङका लागि १० बदाम


Advertisement

विधि
पहिला मटरलाई उमाल्नुस् र त्यसको मिहिन पेस्ट बनाउनुस् । 

एउटा प्यान मधुरो आगोमा राख्नुस् । त्यसमा हरियो मटरको पेस्ट र दूध राखेर उमाल्नुस् । 

त्यसलाई १५ मिनटसम्म उमाल्नुस् र पानी आधा बनाउनुस् । अब त्यसमा चिनी, हरियो अलैंचीको धूलो, किसमिस, पिस्ता लगायका सामग्री राख्नुस् । अनि त्यसलाई मज्जाले फिटेर चार मिनटसम्म मधुरो आगोमा पकाउनुस् । 

आगो निभाउनुस् र प्यानबाट निकालेर गार्निश गर्नुस् ।

कमेन्ट गर्नुहोस्