उपल्लो मुस्ताङमा पर्न थाल्यो हिउँ

फाइल फोटो

ठिनी– उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए


Advertisement

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ ।

डाँडाहरूमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई/तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ । 


Advertisement

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् ।

चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरू बेसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् । 

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरूले घुम्ती व्यापार पनि गर्छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्