हिउँ पर्न थाल्यो उपल्लो मुस्ताङमा

फाइल फोटो

ठिनी – उपल्लो मुस्ताङमा शुक्रवार बिहानदेखि हिउँ पर्न थालेको छ ।

दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यसपालि पहिलोपटक हिउँ परेको हो ।


Advertisement

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरूमा बाक्लो हिउँ जमेको छ । बस्तीमा २/३ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ । 
चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका वासिन्दा बेंसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवल लगायतका ठाउँमा जान थालेका छन् । 

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका वासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरूले घुम्ती व्यापार पनि गर्छन् ।

कमेन्ट गर्नुहोस्