×

NMB BANK
NIC ASIA

पत्रकारको अप्ठ्यारो प्रश्नको सामना गर्न नसकेर भागिन् चिलीकी मेयर (भिडियो)

कात्तिक २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पत्रकारले सोध्ने अप्ठ्यारा प्रश्नहरूलाई टार्न खोज्ने राजनीतिकर्मी संसारभरि नै भेटिन्छन् । तर चिलीको एक शहरकी मेयर बिहीवार पत्रकारबाट कुदेरै भागेकी छन् । 

Muktinath Bank

सान्टियागो दे चिलीको प्रोभिडेन्सिया कम्युनकी मेयर इभलीन म्याथेईलाई पत्रकारले सडकमा प्रश्न सोध्न थालेपछि उनी अचानक भागिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिलीमा हालैका महिनामा विरोध प्रदर्शन भइरहेका छन् र म्याथेईले सरकारको संकट व्यवस्थापनविरुद्ध बोलेकी छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति सेबास्टियन पिन्येराको नयाँ मन्त्रिमण्डलमा मन्त्री बन्न उनलाई अफर आएको थियो तर उनले अस्वीकार गरिन् । 

Vianet communication
Laxmi Bank

पहेंलो सेफ्टी भेस्ट लगाएकी म्याथेई दौडिँदै भागिन् । ‘उनी भागिन्,’ स्थानीय च्यानल मेगाका एक संवाददाताले बताए, ‘उनलाई कुरा गर्न मन छैन ।’

म्याथेई भाग्दा पत्रकारहरूले लखेटे । 

‘धन्य हामी शारीरिक रूपमा तन्दुरुस्त छौं,’ ती पत्रकारले मेयरलाई समात्न दौडिने क्रममा भने । मेयरले भेटेपछि पत्रकारले प्रेसबाट तपाईंलाई कठोर व्यवहार भएको हो भनी सोधे । त्यो प्रश्न सुनेपछि उनी फेरि भागिन् । 

यो अनौठो दृश्य केही सेकेन्डपछि अन्त्य भयो र मेयरले गति घटाइन् । अनि पत्रकारले अर्को प्रश्न सोधे । 

म्याथेईले पछि आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यसको भिडियो राखिन् । त्यससँगै उनले लेखिन्, ‘बिहान उठेर अलिकति भए पनि व्यायाम गर्नु राम्रै हो ।’

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x