एक सातादेखि बेपत्ता वृद्धको अवस्था अज्ञात

लहान – विगत १ सातादेखि बेपत्ता भएका सप्तरीको खडक नगरपालिका–१ सिस्वाबेल्हीका एक वृद्धको अवस्था अझै अज्ञात छ ।

गाउँमै नर्सरी व्यवसायी सञ्चालन गर्दै आएका स्थानीय ७० वर्षीय लवटोलिया नर्सरीवाला भनेर चिनिने अगहनु साह गत शनिवार रातिदेखि बेपत्ता भएका हुन् ।


Advertisement

सामान्य मानसिक सन्तुलन बिग्रिएका साह छठपर्वको राति अचानक घरबाटै बेपत्ता भएको उनका छोरा दुनालाल साहले जानकारी दिए ।

बेपत्ता भएको भोलिपल्टैबाट बुबालाई खोजी गरेपनि हालसम्म फेला नपरेकाले खोजतलासका लागि प्रहरीमा समेत खबर गरिएको दुनालालको भनाइ छ ।

‘आफन्तदेखि छरछिमेक गाउँमा समेत खोजी गर्‍यौं तर अहिलेसम्म बुबा फेला पर्नुभएको छैन,’ दुनालाले भने, ‘बुवाको फोटोसहितको पर्चा छपाएर शहरबजारमा समेत खोजी गरिरहेका छौं ।’ 

कमेन्ट गर्नुहोस्