यहुदी नरसंहारमा जोगिएकी वृद्ध महिलालाई दिनको २०० वटा धम्की, दिइयो सुरक्षा

काठमाडौं – नाजीहरूले मच्चाएको नरसंहारमा परेर बाँच्न सफल ८९ वर्षीया एक महिलाले इटलीमा यहुदीविरोधी धम्की पाइरहेको स्थानीय मिडियाले जनाएको छ । 

लिलियाना सेग्रे नामक ती महिला १३ वर्षकी मात्र हुँदा अस्विज पठाइएको थियो । उनी जिन्दगीभरिका लागि सिनेटर बनाइएकी छन् । उनले घृणा, जातिविभेद र यहुदीविरोधी भावनाविरुद्धको संसदीय समिति बनाउन नेतृत्व गरेकी थिइन् । 


Advertisement

सामाजिक सञ्जालमा दिनको २०० वटा धम्की उनले पाउने गरेको मिलानमा रहेको संस्था फाउन्डेसन जिविस कन्टेम्पोररी डकुमेन्टेसन सेन्टरले जनाएको छ । 

‘प्रख्यात यहुदीहरू इटलीमा मिडियामा छाएपिच्छे यहुदीवरोधी आक्रमणको शिकार बनिहाल्छन्,’ उक्त संस्थाका स्टेफानो गात्तीले बताए । 

‘यहुदीविरोधी अपमान उग्रदक्षिणपन्थी वृत्तबाट आउने गरेको छ र उनीहरू हिंस्रक हुन्छन् । जोधाहा दृष्टिकोण दक्षिणपन्थी आचार नै हो ।’

फाउन्डेसन जिविस कन्टेम्पोररी डकुमेन्टेसन सेन्टरले इटलीमा विशेषगरी अन्लाइनमा यहुदीविरोधी आक्रमण उल्लेख्य रूपमा बढेको जनाएको छ । 

तोडफोड, गालीबेइज्जती, अपमान र धम्की उनीहरूविरुद्ध आउने गरेको छ । 

सीएनएनबाट

कमेन्ट गर्नुहोस्