छोटो समयमै दर्शक श्रोताको मन जित्दै खत्रीको नयाँ गीत ‘झरनाको पानी’

बागलुङ - नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका लोक तथा दोहोरी गायक विष्णु खत्रीले ‘झरनाको पानी’ बजारमा ल्याएका छन् ।

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ ।


Advertisement

बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समयदेखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सक्रिय छन् ।


Advertisement

सिसा टल्केको गिती एल्बमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन् । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा ।

उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन् । आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले विदेशमा नेपालीको पीडा, माया प्रेमसँगै सहिदकासमेत गीत गएर नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षत्रका रुपमा स्थापित भइसकेका छन ।

२०५७/०५८ तिरबाट गीत संगीतमा लागेका खत्रीको अहिले विल्कुलै नयाँ गीत ‘झरनाको पानी’ बजारमा ल्याएका छन् । आफनै युट्युब च्यानलमार्फत उक्त गीत उनले रिलिज गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ ।


बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलको एरेञ्ज गरेको यस गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको थियो ।
चर्चित निर्देशक शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय छ ।

यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । गीतको पुरा म्युजिक भिडियो तलको लिङ्कमा हेर्न सक्नुहुनेछ ।

 

कमेन्ट गर्नुहोस्