ऋण खोजेर ‘गाई नधपाउन’ कांग्रेस प्रवक्ता शर्माको प्रधानमन्त्रीलाई सुझाव

फाइल फोटो

काठमाडौँ – सरकारले ऋण खोजेर प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन् l

शुक्रवार साँझ सामाजिक संजाल ट्वीटरमा ऋण खोजेर गाई धपाउन खोजेको भन्दै शर्माले कटाक्ष गरे l


Advertisement

‘रोजगारी सृजना यसरी कि त्यसरी ? खुला बहस गरौं,’ शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘कांग्रेसको नीतिका कारण कयौं बैंक, दर्जनौं अस्पताल, सयौं मिडिया, लाखौं सहकारी र थुप्रै एयरलाइन्स खुले l हजारौं रोजगारी थपियो l वैदेशिक रोजगारीको ढोकापनि खोलियो l गाई धपाउन चौध अर्ब ऋण नथप्नोस्, सम्माननीय प्रधानमन्त्री l’

शर्माले प्रधानमन्त्रीलाई केही नयाँ गर्न सुझाव दिएका छन् l


Advertisement

कमेन्ट गर्नुहोस्