यी ३ प्रदेशमन्त्री, जो विभिन्न कारणले बर्खास्तीमा  परे

काठमाडौं – 

 


Advertisement

दीर्घ सोडारी
गत वर्ष कात्तिकमै सुदूरपश्चिम प्रदेशकै सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पद गुमाएका थिए । महिलासँग अश्लील बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई बर्खास्त गरिएको थियो । उनीविरुद्ध पार्टीमा समेत आर्थिक तथा चारित्रिक विषयमा गम्भीर उजुरी परेपछि प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।  

खडगबहादुर खत्री
बैंकिङ कसुर मुद्दा चलेपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खडगबहादुर खत्रीले गत भदौमा पद गुमाएका थिए । ठेकेदारसमेत रहेका खत्रीको कम्पनीले सडकको ठेक्काको क्रममा नक्कली बैंक ग्यारेन्टी पेस गरेको थियो । जसको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो । सिआइबीले उनलाई सोधपुछ नगरी मुद्दा चलाएकामा उच्च अदालत पाटनले तीन महिनाभित्र मन्त्रीलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएपछि उनलाई बर्खास्त गरिएको थियो । १९ भदौमा उनी अदालतमा उपस्थित भएकामा पाँच लाख धरौटीमा छुटेका थिए । उनीविरुद्धको मुद्दा उच्च अदालतमा विचाराधीन छ । 

कृषि विकास बैंकका कर्मचारीसमेतको मिलेमतोमा नक्कली बैंक ग्यारेन्टी बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा खुलेपछि थप अनुसन्धानका लागि सिआइबीलाई पत्राचार भएको थियो । भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको ठेक्का मन्त्रीसमेत सञ्चालक रहेको एमके/वाइपी कम्पनीले पाएको थियो । ठेक्का पाएपछि राख्नुपर्ने धरौटीमा पैसा नै नराखी राखिएको कागजपत्र पेस गरिएको थियो । कृषि विकास बैंकका कर्मचारीसहित खत्रीविरुद्ध मुद्दा चलेको थियो । 

केशव स्थापित
पद गुमाउने पहिलो प्रदेशमन्त्री केशव स्थापित हुन् । प्रदेश–३ का भौतिक योजना तथा विकासमन्त्री रहेका उनलाई १६ भदौ ०७५ मा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई गालीगलौज र दुव्र्यवहार गरेपछि उनलाई हटाइएको थियो । तर, अहिलेसम्मको उनको ठाउँमा कसैलाई पनि नियुक्त गरिएको छैन । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्