×

NMB BANK
NIC ASIA

सीमाविवादमा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीको आह्वानमा आज परामर्श बैठक

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमाविवादबारे राष्ट्रिय सहमतिसहितको ठोस धारणा तय गर्न शनिबार पूर्वप्रधानमन्त्रीहरूसहितको बैठक आह्वान गरेका छन् । बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि डाकिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो । ‘प्रधानमन्त्रीज्यूले शनिबार अपराह्न पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेताहरू, विज्ञहरूसहितको परामर्श बैठक आह्वान गर्नुभएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नयाँ पत्रिकासँग भने । भारतसँगको सीमाविवादमा प्रमुख प्रतिपक्ष कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एउटै धारणा तय गर्नका लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्रीहरूसहितलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद्, सीमाविद्, विभिन्न राजनीतिक दलका नेताहरू, नापी विभागका महानिर्देशकलगायतलाई पनि डाकिएको छ । नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने र सुझाबसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने सोचमा प्रधानमन्त्री ओली रहेको स्रोतले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कालापानी भारतीय नक्सामा परेकोप्रति सरकारले परराष्ट्र मन्त्रालयमार्फत आपत्ति जनाइसकेको छ । बिहीबार जारी वक्तव्यमा कालापानी क्षेत्र नेपालकै भूमि भएको र सीमारक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख थियो । नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दल, युवा–विद्यार्थी संगठनहरूले दबाब दिइरहेका छन् । नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x