फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
बुटवल – वैदेशिक रोजगारीका लागि नेपाली युवाको आर्कषक गन्तव्य हो कोरिया । अहिले वार्षिक ८ हजार भन्दा बढी युवा ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया पुग्ने गरेका छन् ।
वैदेशिक रोजगारबाट फर्किएका केही युवाले स्वदेश फर्किएर आफ्नै देशमा पौरख गर्न थालेका छन् ।
तिनै मध्येका एक हुन् बुटवलका रामप्रसाद भण्डारी । ईपीएस प्रणाली शुरू नहुँदै बुटवलका भण्डारी सन् २००२ देखि २००९ सम्म दक्षिण कोरियामा रोजगारीको शिलशिलामा बसे । झण्डै ८ वर्ष कोरिया बसेपछि उनले सोचे- स्वदेश फर्किएका उद्यम गर्नैपर्छ । कोरियाको कमाइले उनले बुटवलमा घरजग्गा जोडे । त्यसपछि उनले विद्युतीय सामग्रीको व्यवसाय शुरू पनि गरे । त्यसबाट उनी सन्तुष्ट भएनन् ।
उद्यम गर्नैपर्छ भन्ने सोचाइले उनलाई पेल्दै गयो । के गर्ने भन्ने सोचबुझ गर्दै जाँदा उनको सम्पर्क भयो होजियारी उद्योगी जीवनाथ गैरसँग । गैरेको उद्योग देखेर उनी पनि प्रभावित भए । उनले पनि होजियारी उद्योग गर्नुपर्छ भन्ने ठाने । उनले पनि आँटे र शुरू गरे- शिखर होजियारी (ऊन कपडा) उद्योग । कोरियाको कमाइ घरजग्गा किन्दा सकिएको थियो । सुख्खानगरमा रहेको दुई तले घर बिक्री गरेर उनले ५० लाख रूपैयाँको धागो किनेर उद्योग शुरू गरे ।
धेरैले उनलाई घर बिक्री गरेर उद्योग गर्न धागो किन्दा जोखिम मोलेको भन्दै यस्तो काम शुरू नगरी अन्य काम गरे पनि हुन्छ भने । तर उनले व्यवसाय गर्दा जोखिम नमोलेसम्म उद्योग/व्यवसाय गर्न सकिँदैन भनेर एक करोड ५० लाख रूपैयाँको लगानीमा २०६८ सालमा उद्योग सञ्चालन गरे । यस क्षेत्रमा धागोको कपडाको माग पनि बढ्दो थियो ।
उनले भने, ‘आफैंबाट देशमै केही गर्नुपर्छ भने विदेशमा बसेको अनुभवले सिकायो र उद्योग शुरू गरेँ । विदेशमा कमाएको धन र सीप स्वदेशमा सदुपयोग गरिनुपर्छ भन्ने धारणा बलियो बनेपछि उद्योग शुरू गरेको हुँ ।’
उनको उद्योगले पहिलो वर्षमै वार्षिक २० हजार जाडोका कपडाहरू उत्पादन शुरू गर्यो ।
उनी भन्छन्, ‘आर्थिक रूपमा सफल हुन नयाँ व्यवसाय गर्नैपर्छ भन्ने छैन । अन्य मानिसले गरिरहेको व्यवसाय पनि गर्न सकिने रहेछ । व्यवसाय पहिचान गर्ने र काम गर्ने तरिका सिक्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन ।'
उनको उद्योगमा विभिन्न प्रकारका १२ वटा मेसिन छन् । उनका उद्योगले अहिले दैनिक ३ सय ५० विद्यार्थीका स्कूल स्वीटर, लेडिज स्वीटर, उलन कुर्था, उलन लेगिज, चोला बच्चाका कोटहरू प्लाजु टोपी उत्पादन गर्ने गर्छ । उनले अहिले वार्षिक १ लाख २० हजार स्वीटर उत्पादन गर्छन् । उनले २२ जना युवालाई रोजगारी पनि दिएका छन् ।
उनको उद्योगमा पनि मासिक १० हजार देखि ४५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी छन् । भण्डारी अहिले बुटवलका सफल युवा उद्यमीको रूपमा परिचित हुन थालेका छन् । उनले अहिले वार्षिक तीन करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् । उनको वार्षिक सम्पूर्ण खर्च कटाएर ४० लाख रुपैयाँ बचत पनि हुन्छ । उनी भन्छन्, ‘देशमै केही गर्ने इच्छाशक्ति भए विदेश जानु पर्दैन । यहीँ जे पनि गर्न सकिन्छ । अहिले लगानीमैत्री वातावरण छ । केही गर्न चाहनेलाई राज्यबाट अनुदान लिने पनि सकिन्छ ।’
भण्डारी अहिले उमेरले ४० वर्ष लागे । उनका छोरा छोरी र श्रीमती छन् । उनी अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । बिहानेदेखि उनी उद्योगमा काम गर्न खटिन्छन् । भण्डारी भन्छन्, ‘विदेशमा बसेर ४० काटेपछि देशमा आएर रमाउने होइन । नेपालमै केही उद्यम गरेर घरपरिवारसँग रमाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।’
उनका उद्योगको कपडाको बजारमा ठूलो माग छ । बाह्रै महिना उनको उद्योग सञ्चालन हुन्छ । उनको उद्योगबाट उत्पादित कपडा नेपालभर पुग्छ । जाडोको कपडाका लागि अबौं रुपैयाँ प्रत्येक वर्ष बाहिरिन्छ । त्यसलाई रोक्न ऊनबाट बन्ने जाडोको कपडामा नेपाललाई आत्मनिर्भर बनाउने गरी आफू काम गर्न जुटेको भण्डारीको भनाइ छ ।
विशेषगरी जाडो महिनाका लागि बिक्री गरिने कपडा भएकोले उनी बिक्री बढी हुने समय पूर्व नमूना लिएर बजारमा जान्छन् । कपडा राम्रो भएपछि उनको कपडामा माग अनुसार बजारमा पठाउँछन् । आफ्नो उद्योगबाट उत्पादन कपडाको लागि बजारको कुनै समस्या नभएको भण्डारीले बताए ।
पछिल्ला केही वर्ष व्यावसायिक कृषि, पशुपालन र उद्यममा युवाको आकर्षण पनि बढ्दै गएको छ ।
उनले खुला सिमानाका कारण भन्सार छलेर ल्याउने भारतीय कपडामा प्रतिबन्ध लगाउन राज्यले कडाइका साथ लाग्नुपर्ने बताए । उनी भन्छन्, ‘भन्सार छलेर ल्याएका वस्तुले नेपाली उद्योगी/व्यवसायी पीडित भएका छन् । भन्सारमा राज्यले कडाइ गर्नुपर्छ । नत्र नेपाली उद्योगीहरू धरासायी बन्न धेरै समय लाग्दैन ।’
अहिले रुपन्देहीमा भण्डारीका जस्तै होजियारी उद्योग करीब एक दर्जन छन् । रुपन्देहीको तिलोत्तमामै पाँच जना युवाको समूहले ६ करोड रुपैयाँको लागतमा पनि हालै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।
भण्डारीले नयाँ आधुनिक मेसिनहरू भित्र्याएर उद्योगलाई अझै विस्तारित र परिस्कृत गर्दै जाने सोच बनाएका छन् । उनलको नमूना उद्योग भएको भन्दै विभिन्न क्षेत्रहरू रुपन्देही उद्योग संघलगायतले उनलाई सम्मान पनि गरेका छन् ।
राज्यले उद्योगी व्यवसायीहरूलाई बैंक ब्याज सस्तोमा उपलब्ध गराउने बताउँदै आए पनि त्यो व्यवहारमा कार्यान्वन नभएको उनको गुनासो छ । उद्योग व्यवासायीलाई राज्यले सबै क्षेत्रमा सहुलियत दिनुपर्ने उनको माग छ । उनले देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउन युवालाई यहीँ केही इलम गर्न राज्यबाट पनि प्रोत्साहनका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको औंल्याए ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...