सीमा अतिक्रमणबारे बालुवाटारमा सर्वपक्षीय छलफल शुरू, साझा धारणा बनाइने

काठमाडौं – भारतले हालै जारी गरेको नक्सामा कालापानी र लिपुलेक लगायत नेपाली क्षेत्र अतिक्रमण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरू भएको छ ।

अन्तरदेशीय सीमाको विषय भएकाले राष्ट्रिय रुपमा समाधान धारणा बनाउन प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए ।


Advertisement

बैठकमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, परराष्ट्र मामिलाका जानकार, सीमाविद् लगायतको सहभागिता रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई लगायत बैठकमा सहभागी छन् । बैठकमा भारतीय नक्सामा अतिक्रमण भएको नेपाली भूमि र सीमा विवाद समाधानका लागि कूटनीतिक प्रयासका उपायबारे छलफल हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्