करेन्ट लागेर थारुको मृत्यु

कावासोती – नवलपरासी पूर्व नवलपुरको गैंडाकोट नगरपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मध्यबिन्दू नगरपालिका–६ बस्ने २४ वर्षीय मतिराम महतो थारूको मृत्यु भएको हो । 


Advertisement

शनिवार गैंडाकोट नगरपालिका–१० नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बसेका मतिरामलाई करेन्ट लागेको हो ।

ना२ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमाथि बसेका मतिरामलाई बिजुलीको तारले छुन गई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मतिरामलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्