×

NMB BANK
NIC ASIA

कालिगण्डकी करिडोरको निरीक्षण

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डको कार्यप्रगतिको आज सरकारी प्रतिनिधिमण्डलले निरीक्षण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

करिडोरको भैतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्रबहादुर कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, अर्थ मन्त्रालयका सहसचिव उद्धवकुमार खत्री, रक्षा मन्त्रालयका सहसचिव जीतबहादुर सुनुवार, नेपाली सेना निर्माण कार्यदल निर्देशनालयका प्रमुख रामधर श्रीषलगायतको टोलीले स्थलगत निरीक्षण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७० वैशाखमा नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा लिएको सडकको ट्र्याक निर्माण सम्पन्न भएको छ । बागलुङ खण्डको ३५ किलोमिटर सडक निर्माण असार मसान्तसम्म सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका इञ्जिनीयर रेशमीराज भट्टराईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

करिडोरको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गर्ने काम सम्पन्न गरेको सेनाले पुनः विमानस्थलदेखि जैमिनी नगरपालिका–६ सम्म १० किलोमिटर सडक चौडा पार्ने काम शुरु भएको छ ।

Vianet communication
Laxmi Bank

बजेट व्यवस्थापन गर्नका लागि भौतिक तथा पूर्वाधार, अर्थ मन्त्रालय र सडक विभागको टोली सडक निरीक्षणका लागि आएको सचिव कार्कीले बताए  ।

‘सबै काम सक्नेगरी सेनाको जिम्मा लगाएका छौँ,’ उनले भने । कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि गत आवमा सरकारले रु २० करोड विनियोजन गरेको थियो ।

करिडोरलाई १० मिटर कायम गर्न बागलुङ र गुल्मी खण्डमा रु २० करोड विनियोजन गरिएको थियो । सडक स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्जुस्याइँ नगर्ने सडक विभागका महानिर्देशक शर्माले बताए ।

विसं २०७६ असारसम्म बागलुङको सबै खण्ड स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने गरी सेनाको जिम्मा लगाइएको हो । बागलुङ खण्डको ट्र्याक खोल्न रु ४३ करोडभन्दा बढी खर्च भएको छ । करिडोरअन्तर्गत सबैजसो खोलामा बेलीब्रिज हालिएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारबाहनका लागि महत्वपूर्ण बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्म ४३५ किमी लामो यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x