×

NMB BANK
NIC ASIA

भारतमा भगवान् रामको भूमिले न्याय पाउँदा सीताको जन्मभूमि जनकपुरमा दीपावली

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – भारतको अयोध्यामा भगवान रामको मन्दिर बन्ने गरी त्यहाँको सुप्रिम कोर्टले दिएको फैसलाको स्वागतमा जनकपुरधामस्थित जानकी मन्दिरमा दीपावली मनाइएको छ ।

Muktinath Bank

जानकी मन्दिरमा शनिवार दर्शालु भक्तजनलाई लड्डु (मिठाइ) बाँड्नुका साथै राति दीप प्रज्वलन गरेर खुसियाली मनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भारतको सर्वोच्च न्यायालयले फैसला सुनाउनेबित्तिकै खुसियालीमा १ मन (५० किलोग्राम) लड्डु वितरण गर्‍यौं,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘अनि राति १ हजार १ सय दीप प्रज्वलन गरेर खुसियाली मनायौं । पूरै जनकपुरवासी खुशी भएका छन् ।


Advertisment
Nabil box
Kumari

जानकी मन्दिरका महन्थ वैष्णवका अनुसार जानकी जनकपुरको छोरी हो । राजा जनकले धुमधामका साथ भगवान रामसँग बिहे गरेर उनको घर अयोध्यामा पठाएका थिए ।

Vianet communication
Laxmi Bank

‘अनावश्यक विवाद गरेर त्यहाँको अदालतमा मुद्दा दिएका कारण जनकपुरकी छोरी जानकीको अयोध्यामा उनको घर हुँदाहुँदै बेघर भई ७० वर्षदेखि टेन्टमा बस्नु परेको दुःखद् स्थिति थियो,’ वैष्णवले भने, ‘अब त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाएपछि राम मन्दिरका लागि जग्गा माथिको मालिकाना हक समेत स्थापित भएको छ ।’

भारतको सर्वोच्च न्यायालयले राम्रो फैसला सुनाएको र अर्को पक्षलाई ५ एकर जमिन दिएर मस्जिद बनाउन दिने भन्ने सन्तुलित फैसला सुनाएको उनले बताए ।

भारतको अयोध्याका महन्थसहित कतिपय भीआईपीलाई उनले फोन गरेर बधाई समेत दिएका छन् । 

भारतमा खुसियाली नमनाउन तथा कुनै प्रतिक्रिया दिन प्रतिबन्ध लगाइएकाले कुन–कुन व्यक्तिलाई फोन गरेर बधाई दिएको भन्ने नाम उनले सार्वजनिक गर्न मानेनन् ।

जनकपुरधाम र अयोध्याधामबीच त्रेता युगदेखि नै सम्बन्ध स्थापित भएको मानिन्छ । जनकपुरमा प्रत्येक वर्ष मंसिरको पञ्चमी तिथिमा रामजानकी विवाह उत्सव मनाउने गरिन्छ ।

प्रत्येक वर्ष अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन् र विवाहका सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x