कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
दमौली – जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ ।
दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतवारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो ।
गलेश्वर आश्रमले विक्रम संवत् २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई दिवा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालबाट अब चौबिसै घण्टा सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार आइतवारबाटै अस्पतालमा प्रयोगशाला सेवा पनि शुरू भएको छ । प्रयोगशाला सेवा शुरू भएसँगै इसिजी, भिडियो एक्स–रे गर्न सर्वसाधारणलाई चितवन जान नपर्ने भएको छ । ‘गाउँपालिकालाई अस्पताल हस्तान्तरण भएको एक वर्षसम्म दिउँसोमा मात्रै सेवा सञ्चालन थियो,’ बुढाथोकीले भने, ‘अब भने चौबिसै घण्टा सेवा प्रवाह गर्नेछौं ।’
अस्पतालले चितवनस्थित मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ । सम्झौता बमोजिम मेडिकल कलेजका १ जना एमबीबीएस डाक्टरले अस्पतालमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नेछन् ।
बुढाथोकीका अनुसार अस्पतालले विक्रम संवत् २०८२ सालसम्म मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ ।
अस्पतालमा ८ स्वास्थ्यकर्मी छन् । दरबन्दी थप्न मन्त्रालयमा माग गरिएको छ । अस्पतालबाट हाल दैनिक औसत ४५ जनाले स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अस्पताललाई सुविधायुक्त बनाउन पहल भइरहेको जानकारी दिए ।
थापाका अनुसार १५ श्ययाको अस्पताललाई स्तरोन्नति गरी २५ श्ययाको बनाउन पहल भइरहेको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालसँगै जग्गा, यसका अन्य भौतिक संरचनाहरू र सबै चलअचल सम्पत्ति गत वर्ष गाउँपालिका मातहत आएको थियो ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...