×

NMB BANK
NIC ASIA

प्रचण्डले किन भने– कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गरिनहालौं !

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक र कालापानी समस्या समाधानका लागि कूटनीतिक र राजनीतिक पहल जारी रहेको समयमा भारतले जारी गरेको नयाँ नक्साको विषयलाई अन्तर्राष्ट्रियकरण गरिहाल्न नहुने बताएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सोमवार बसेको बैठकमा अध्यक्ष प्रचण्डले कालापानी विवाद कूटनीतिक र राजनीतिक तबरले नै समाधान गर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लिम्पियाधुराबाट महाकाली नदी उत्पन्न भएको हो र महाकाली नदी सिमाना हो भन्ने विषय प्रस्ट छ,’ प्रचण्डले भने, ‘भारतले नयाँ नक्सा जारी गर्दा उत्पन्न नकारात्मक परिस्थितिले सीमा समस्या सामाधान गर्न सकारात्मक स्थिति बन्यो ।’


Advertisment
Nabil box
Kumari

भारतले नयाँ नक्सा जारी गरेपछि नेपालमा बलियो राष्ट्रिय एकता पैदा उनले बताए । ‘विगतमा हामी को कता नजिक, को कता नजिक भन्ने थियौं, अब कोही कसैको ‘प्रो’ भएन सबै ‘प्रो’ नेपाली भएका छौं,’ प्रचण्डले भने ।

Vianet communication
Laxmi Bank

प्रचण्डले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने भन्दै प्रोभोक (उत्तेजना फैलाउने) नगर्न आग्रह गरे । ‘हामीलाई अरूको एक इञ्च पनि चाहिएन, हाम्रो पनि एक इञ्च गुमाउन चाहँदैनौं’ प्रचण्डले भने ।

अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन

संसदीय समितिको बैठकमा न्यून उपस्थित हुने प्रचण्डले समितिको कार्यसूचीमा उल्लेखित एउटा विषयमा दिएको अभिव्यक्ति भने विवादमा परेको छ ।

समितिले बैठकको निर्णयका लागि तयार गरेको मस्यौदाको बुँदा नम्बर २ मा ‘दुई देशबीचको कूटनीतिक पहलबाट यो समस्या समाधान नभएमा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न समेत नेपाल सरकारलाई समितिको सुझाव रहेको छ,’ भन्ने उल्लेख थियो । 

आफ्नो मन्तव्यको अन्तिममा प्रचण्डले समितिको कार्यसूचीमा टिप्पणी गर्दै भने, ‘समितिले अन्तर्राष्ट्रियकरण गर् भन्न मिल्दैन ।’

बैठकको अन्तिममा सभापति शशी श्रेष्ठले समितिको निर्णय सुनाउँदा सचिवालयले तयार गरेको ड्राफ्टको अंश काटेर सुनाएकी थिइन् ।

कालापानी विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने भन्ने प्रचण्डको अभिव्यक्तिप्रति नेमकिपा सांसद प्रेम सुवालले कटाक्ष गरे ।

‘सीमा मिच्नेलाई अन्तर्राष्ट्रियकरण नगरेर रातो कार्पेट बिच्छ्याउने हो ?’ उनले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x