अलीबाबाको छुटको सेलमा बिक्रीको कीर्तिमान कायम

काठमाडौं – चीनको विद्युतीय बजार कम्पनी अलीबाबाले सोमवार राखेको विशाल अन्लाइन शपिङमा ३०.८ अर्ब डलरभन्दा बढीको सामान बिक्री भएको छ । नेपालमा अलीबाबाकै दराज फ्य्रान्चाइजीले सोमवार अन्लाइन शपिङ मेला राखेको छ । 

सिंगल्स डे नाम दिएर सोमवार विशाल छुटका साथ राखिएको अन्लाइन शपिङ सेवामा १७ घन्टामै कीर्तिमान खरिददारी भएको हो । मध्यरातमा आइतवार सकिनेबित्तिकै अमेरिकी पप स्टार टेलर स्विफ्टले प्रस्तुति दिएर शपिङ फेस्टिभल शुरू गरेकी थिइन् । 


Advertisement

चौबीस घन्टाको यो मेलामा पहिलो मिनेटमै १ अर्ब डलरभन्दा बढी रकम कमाएको अलीबाबाले जनायो । 


Advertisement

मेला शुरू भएको १५ घन्टामा बिक्रीबाट उठेको रकम ३० अर्ब डलर पुग्न लागेको थियो । त्यो भनेको अमेजनले तेस्रो त्रैमासिकमा बिकेको भन्दा लगभग आधा बिक्री हो । 

यो वर्ष सिंगल्स डेको १०औं वर्षगाँठ हो । यसलाई डबल ११ भनिन्छ किनकि यो नोभेम्बर ११ मा पर्छ । ग्रेगोरियन क्यालेन्डरमा नोभेम्बर ११औं महिना हो । 

पोहोर सालको सिंगल्स डेमा कुल ३०.८ अर्ब डलरको व्यापार भएको थियो । अमेरिकाको ब्ल्याक फ्राइडे र साइबर मन्डेको संयुक्त व्यापारभन्दा बढी बिक्री सिंगल्स डेमा भएको छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्