×

NMB BANK
NIC ASIA

सोमबारको उत्साह टिकेन, नेप्से पुनः ओरालो

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ ।

Muktinath Bank

सोमबार दोहोरो अङ्कले उकालो लागेको बजारको वृद्धि आज भने कायम हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ५.६१ विन्दुले घटेर एक हजार १३९.९६ विन्दुमा कायम भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.७३ विन्दुले घटेर २५१.५७ विन्दुमा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकममा  भने औसतमा नै रहेको छ ।


Advertisment
Nabil box
Kumari

कूल १६१ कम्पनीको १० लाख ८२ हजार ८१५ कित्ता शेयर रु ३७ करोड ९८ लाख ४९ हजार ४३५ मूल्यमा खरीद–बिक्री भए । 

Vianet communication
Laxmi Bank

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज उत्पादन समूहको मात्रै शेयर बढेको छ । सो समूहको शेयर ९.१८ विन्दुले बढ्दा बैंकिङ ५.३१, होटल १३.०५, विकास बैंक १३.१८, जलविद्युत् ६.९२, वित्त ३.६८, निर्जीवन बीमा ५५.८९, अन्य ०.०६, लघुवित्त १०.९९, जीवन बीमा ५.२५ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ । 

उत्पादन समूहतर्फको हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६ करोड ९७ लाख ४० हजार ३५८ मूल्य बराबरको शेयर कारोवार भयो ।

एनएमबी बैंक रु ६ करोड ४५ लाख ५८ हजार ९०१, चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ५० लाख एक हजार ९४०, नबिल बैंक रु एक करोड ६० लाख ९८ हजार २५७, कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड २५ लाख ४० हजार, प्रभु बैंक रु एक करोड सात लाख ४९ हजार ७९४ र एनसिसी बैंकको रु ९५ लाख १० हजार ६९४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

स्टकका अनुसार आज हिमालयन डिस्टिलरीको प्रतिशेयर रु १२९ ले बढेको छ । कारोवारका आधारमा शीर्ष स्थानमा रहेको सो कम्पनीका शेयरधनीले आज ७.५४ प्रतिशतले कमाएका छन् ।

घोडाघोडी लघुवित्त ५.८३, सबैको लघुवित्त वित्तीय संस्था ५.२०, नेपाल इन्भेस्टमेन्ट बैंक ३.१५, युनिभर्सल पावर २.६३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक १.९५ र गणपति माइक्रोफाइनान्सका शेयरधनीले १.६९ प्रतिशतले कमाए । 

त्यस्तै जोशी हाइड्रो पावर ५.०८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९९, नयाँ नेपाल लघुवित्त विकास बैंक ४.२८, विजय लघुवित्त वित्तीय संस्था ४.१३, आइएमई जनरल इन्सुरेन्स ४.०४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले चार प्रतिशतले गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x