काठमाडौं – चलचित्र वारको सफलतापछि टाइगर श्रोफ नयाँ चलचित्रमा व्यस्त छन् ।
उनी अहिले चलचित्र बागी ३ को शूटिङको लागि सर्बियामा रहेका छन् । यस चलचित्रको शुटिङ सेप्टेम्बरमा भएको थिो । चलचित्र निर्माता टीम केही एक्शन सीनको शूटिङका लागि सर्बिया पुगेका हुन् ।
टाइगरले सर्बियाबाट इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन् । त्यसमा टाइगरले लेखेका छन्, यहाँ सूर्य एकदमै कम देखिएको छ, अहिले तापक्रम ११ डिग्री रहेको छ ।
टाइगरले यसअघि १० नोभेम्बरमा इन्स्टाग्राममा एक स्टोरी शेयर गरेका थिए । यस तस्वीरमा उनले आफ्नो सुपरफिट बडी देखाएका थिए । त्यस तस्वीरमा उनले बागी ३ को शुटिङको दोस्रो दिन लेखेका थिए । एजेन्सी
लोकान्तर संवाददाता