×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

उपनिर्वाचनले तात्यो मुख्यमन्त्रीको गृहजिल्ला, जोगिएला शंकर पोखरेलको साख ?

नेकपालाई सहानुभूतिको भर, सरकारको बद्नामीले चुनाव जितिनेमा कांग्रेस ढुक्क !

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – आगामी मंसिर १४ गते उपचुनाव हुँदैछ । उपनिर्वाचनलाई सत्तारूढ नेकपा र प्रतिपक्ष कांग्रेसले प्रतिष्ठाको लडाइँको रूपमा लिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उपनिर्वाचन विशेषगरी एउटा प्रतिनिधिसभा र ३ वटा प्रदेशसभा सदस्य चुनावको वरिपरि घुमेको छ । कास्कीमा प्रतिनिधिसभा, भक्तपुर, बाग्लुङ र दाङमा प्रदेशसभा निर्वाचन हुँदैछ । सुनसरीको धरान उपमहानगरपालिकाको निर्वाचन पनि कम रोचक छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ नम्बर प्रदेशको दाङमा हुने प्रदेशसभा चुनावले दाङमा सरगर्मी बढाएको छ । दाङको क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचन हुँदैछ । प्रदेशसभा क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि चुनाव हुन लागेको हो ।


Advertisment
Nabil box
Kumari

दाङमा नेकपा र कांग्रेस सहितका उम्मेदवार चुनावी मैदानमा छन् । स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएपनि नेकपा र कांग्रेसका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुवै दलका उम्मेदवार एकअर्कालाई हराउने गरी लागेका छन् । 

Vianet communication
Laxmi Bank

उपनिर्वाचनमा नेकपाले स्व. उत्तरकुमार वलीकी पत्नी बिमला खत्री वलीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पुराना नेता केशवराज आचार्यलाई अगाडि सारेको छ ।
वलीलाई सहानुभूतिको मत आउने नेकपाको ठम्याइँ छ भने कांग्रेस पुराना र जनतासँग भिजेका नेता भएकाले जीत आफ्नो दाउमा पर्नेमा ढुक्क देखिन्छ । 

सत्तापक्ष रक्षात्मक र विपक्षी आक्रामक रूपमा निर्वाचनमा होमिएका छन् । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला भएकाले पनि दाङको चुनावलाई उत्सुकताका साथ हेरिएको छ । उपनिर्वाचनमा प्रदेशसभा क्षेत्र गुम्न नदिने गरी नेकपा लागेको छ भने कांग्रेस प्रदेशसभा गठन भएको २ वर्ष हुनलाग्दा पनि दाङबाटै प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीले प्रदेशको राजधानी टुंग्याउन नसकेको भन्दै त्यसलाई एजेन्डा बनाएर चुनावमा खटिएको छ ।

नेकपाकी उम्मेदवार बिमला वलीले उपनिर्वाचनमा पनि जनताले नेकपाका उम्मेदवारलाई नै जिताउने बताइन् । ‘विगतको जस्तै यस पटक पनि जनताले नेकपाको उम्मेदवार (मलाई) नै जिताएर पठाउँछन् । त्यसमा म ढुक्क छु,’ वलीले लोकान्तरसँग भनिन् । आफ्ना पति उत्तर विकासप्रेमी नेता भएकाले आफू पनि निर्वाचन जितेपछि त्यहीँ काममा खटिने भन्दै बिमला जनतासमक्ष मत माग्दै हिँडेकी छन् । 

गत निर्वाचनमा विजयी भएका तत्कालीन एमालेका उम्मेदवार वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले पक्षमा १७ हजार ५ सय ३५ मत आएको थियो । निर्वाचनमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । जसमध्ये २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । प्रदेशसभा क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन् । गएको निर्वाचनमा ६७ हजार ६ सय ३७ मतदाता थिए ।

नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले सरकारको कार्यशैलीबाट जनता आत्तिएको भन्दै जनताले आफूलाई निर्वाचित गर्ने दाबी गरे । ‘संघीय सरकारले र प्रदेश सरकारले केही गर्न सकेनन् । जनताको साथी कांग्रेस नै रहेछ भन्ने बुझेका छन । अब मलाई विजयी गराउँछन्,’ आचार्यले लोकान्तरसँग भने ।

विगतमा भएका निर्वाचनको नतिजा हेर्दा पनि दाङको निर्वाचन रोचक हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दाङका ५ वटै क्षेत्र तत्कालीन नेकपा माओवादी विजयी भयो भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबै क्षेत्रमा कांग्रेसले बाजी मार्‍यो । 

२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीले बाम गठबन्धन बनाएर चुनावमा गएपछि दाङ जिल्लाका ३ वटा प्रतिनिधिसभा र १ वटा प्रदेशसभा बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनले निर्वाचन जितेको छ । क्षेत्र नम्बर ३ को (क) क्षेत्रबाट कांग्रेसबाट कांग्रेसका डिल्लीबहादुर चौधरीले जीत हाँसिल गरेका छन् ।

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले यस पटकको उपनिर्वाचन कांग्रेसको पोल्टामा आउने बताए । ‘यो क्षेत्र खास बेस हाम्रो हो । यस क्षेत्रमा तत्कालीन कांग्रेसका नेता खुमबहादुर खड्का चुनाव लड्दै आएको क्षेत्र हो । जनताले यस पटक कांग्रेसलाई जिताउँछन् । सरकारका कामबाट जनता दिक्क छन्,’ उनले भने ।

कांग्रेसका उम्मेदवार स्थानीय तथा पुराना नेता हुन् । उनी जनतासँग घुलमिल भएका नेताका रुपमा चिनिन्छिन् । कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री दीपक गिरीको नेतृत्वमा निर्वाचन परिचालक कमिटी बनाएको छ । नेकपाले पनि पार्टीका प्रदेश कमिटी सचिव जगप्रसाद शर्माको नेतृत्वमा निर्वाचनमा परिचालन कमिटी बनाएको छ ।

नेकपाका प्रदेशसभा सांसद दामा शर्माले यस पटक पनि नेकपाले नै उपचुनावमा जित हाँसिल गर्ने बताइन् । ‘जनमत कतै जाँदैन । हाम्रो हो । हामीसँगै राख्छौं । जनताले बिमलालाई भारी मतले विजयी गराउँछन्,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x