पिपरा गाउँपालिकामा नेकपाबाट विक्रम चौधरीको उम्मेदवारी दर्ता

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम – आगामी मंसिर १४ गते महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा हुन गइरहेको अध्यक्ष पदको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित भएका थिए ।


Advertisement

पूर्व एमाले पृष्ठभूमिका चौधरीलाई नेकपाले आगामी उपनिर्वाचनको उम्मेदवार बनाएको छ । उनले बुधवार उम्मेदवारी दर्ता गराएका छन् ।


Advertisement

राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचन विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ । स्थानीय तह उपनिर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गरिँदैछ ।

कमेन्ट गर्नुहोस्