एनसेलको नयाँ र उपयोगी भ्वाइस प्याक : सबै नेटवर्कको मोबाइलमा एक रुपैयाँमा कल

काठमाडौं – एनसेलका प्रिपेड ग्राहकहरूले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरूसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले करबाहेक प्रति मिनेट रु १ को दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । 


Advertisement

यो अफरबाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रति मिनेट रु १.९९ लाग्दछ ।  

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि सञ्चालनमा आएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक रु २० (कर सहित रु २५.५४) मा लिन सक्छन् ।


Advertisement

यसरी देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो ।

यो प्याक सुचारू गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास (*17118*7#) डायल गर्न सक्छन् । प्याक सुचारू गरेपछि २४ घण्टाका लागि मान्य हुने एनसेलले जनाएको छ । 
 
यो प्याकले ग्राकहलाई थप मूल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरूसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलको छ ।

यो अफर माघ २६ गते सम्म सञ्चालनमा रहने छ ।
 

कमेन्ट गर्नुहोस्