अघिल्लोपटक माओवादीबाट चुनाव लडेका यादवले उपेन्द्रको पार्टीबाट दिए उम्मेदवारी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएका छन् ।

यसअघिको चुनावमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका यादव समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् । त्यति बेला उनी तेस्रो भएका थिए ।


Advertisement

गाउँपालिका अध्यक्षमा राजपाबाट निर्वाचित विनोदकुमार चौधरीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।


Advertisement

उम्मेदवारी दर्ता गर्दै यादवले गाउँपालिकामा रहेको भ्रस्टाचार अन्त्य गर्ने बताए । साथै सिंचाइको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ । 

कमेन्ट गर्नुहोस्