पिपरामा कांग्रेसबाट विजय यादवको उम्मेदवारी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट विजय यादवले उम्मेदवारी दिएका छन् ।

गाउँपालिकामा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य गर्न आफूले उम्मेदवारी दिएको उनको जिकिर छ ।


Advertisement

गाउँपालिकाका तत्कालीन अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।


Advertisement

निवर्तमान अध्यक्ष चौधरीकी पत्नी रविता कुमारीले राजपाबाट उम्मेदवारी मनोनयन दर्ता गराइसकेकी छन् ।

 

कमेन्ट गर्नुहोस्