बोलिभियाको सिनेटकी उपप्रमुखले गरिन् आफैंलाई राष्ट्रपति घोषणा

काठमाडौं –  बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनिएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छिन् ।

राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएर मेक्सिकोमा शरण लिएपछि सिनेटर आनिएसले संसद् बैठकमा आफूलाई राष्ट्रपति घोषणा गरेकी हुन् । वरिष्ठता र रोलक्रमका आधारमा आफू राष्ट्रपति भएको उनले दाबी गरेकी छिन् । उनको नियुक्ति गर्न आयोजित कंग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो ।


Advertisement

आफू संविधानबमोजिम राष्ट्रपतिको लाइनमा रहेको भन्दै उनले चाँडै निर्वाचन गर्ने वाचा गरिन् । उनको नियुक्तिलाई बोलिभियाको संवैधानिक अदालतले पारित गरेको छ । तीन साताअघि सम्पन्न राष्ट्रपति निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि विजयी भएका थिए । 

तर, निर्वाचनमा व्यापक धाँधली भएको भन्दै सडक र सदनबाट उनको विरोध हुन थालेपछि उनी समस्यामा परेका थिए । सेनाले समेत समर्थन नगर्ने चेतावनी दिएपछि उनले बाध्य भएर राजीनामा दिएका थिए । सम्भावित रक्तपातबाट मुलुकलाई जोगाउन आफूले राजीनामा दिएको उनले बताउँदै आएका छन् । उनको राजीनामापछि रिक्त राष्ट्रपति पदमा अनेजले दाबी गरेकी हुन् । नयाँ पत्रिकामा खबर छ । 


Advertisement

कमेन्ट गर्नुहोस्