लता मंगेशकरको स्वास्थ्यमा सुधार

काठमाडौं – चर्चित भारतीय गायिका लता मंगेशकर विगत चार दिनदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छन् ।

सास लिन अप्ठ्यारो भएपछि सोमवार लतालाई आईसीयूमा भर्ना गरिएको थियो । उनको परिवारले उनको स्वास्थ्य अप्डेट गर्दै उनको स्वास्थ्य पहिलेभन्दा राम्रो भएको जनाएको छ । 


Advertisement

लता मंगेशकरको परिवारले भन्यो, ‘लताजीको स्वास्थ्य स्थिति पहिलेभन्दा राम्रो र स्थिर छ । प्रार्थनाका लागि सबैजनालाई धन्यवाद छ । हामीहरू उनको स्वास्थ्यमा सुधार होस् र उहाँ छिट्टै घर फर्किनुहोस् भनी कामना गर्छौं । हामीहरूलाई साथ दिनुभएको र हाम्रो निजताको सम्मान गरेकोमा तपाईं सबैप्रति आभारी छौं ।’

एजेन्सी
 


Advertisement

कमेन्ट गर्नुहोस्