कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरू भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो ।
चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वरको मूर्तिसँग मिलन गराउने गरिन्छ । भोलिपल्ट रथलाई फर्काएर सरकारी पूजासहित गुठियारको घरघरमा डुलाएर पूजाआजा गरी द्वादशीको दिन सिन्दुरे जात्रासहित रथलाई गुठीघरमा थन्क्याएपछि जात्रा समापन गरिन्छ । यसरी मेला सम्पन्न भए पनि प्रत्येक महिनाको पञ्चमीका दिन बाजागाजासहित विभिन्न ठाँँउबाट पञ्चबलि चढाउनेको भीड लाग्ने गर्दछ । यो क्रम माघ फागुुनसम्म कायम रहन्छ ।
सदरमुकामबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ स्थित पिपलडाँडाको गौरातीडाँडामा रहेको मन्दिर पुग्न उकालो बाटो पर्दछ । आधुनिकताको क्रमसँगै भारी रथ बोकेर लग्ने व्यक्तिको विगत वर्षदेखिनै अभाव खट्किएको छ । रथलाई गाडीमा राखेर लाने केही गुठियारको मत रहे पनि बूढापाकाहरुको असहमतिका कारण गर्दा केही वर्षदेखि मुस्किलले केटाकेटीको भरमा लाने÷ल्याउने गरिएकाले चाँडैनै विकल्प खोज्नुपर्ने स्थिति आएको गुठियार राजेन्द्र श्रेष्ठले बताए।
मेला भर्न यस वर्ष करीब ५० हजारको हाराहारीमा सहभागिता थियो । मेला भर्न राजधानीलगायत छिमेकी जिल्लाहरुबाट पनि सवारी साधन ‘रिजर्भ’ गरेर आउनेको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष तोकबहादुर तामाङले बताउनुभयो । मेलामा व्यापारका सिलसिलामा तराईका साथै सीमावर्ती भारतबाट पनि आउने गरेका छन् । मन्दिर परिसरमा दियोमा बत्ती बाल्ने झण्डै २५ हजारको सङ्ख्यामा थिए । उनीहरुबाट बाल्दा राखिएको चामल करीब १५७ मुरी भएको र त्यो सबै गुठियारले आफ्नो व्यवस्थापनका लागि लिने गरेको वडाध्यक्ष तामाङले बताए।
मेला अवधिभर करीब २० हजार पशु पक्षीको बलिपूजा भएको बताइएको छ । एकादशीको दिन गुठियारको सात वटा बोकाको बलि पूजा गरेपछि मात्र सर्वसाधारणका लागि पूजा खुला हुन्छ । मन्दिरमा बिहान ११ बजेसम्म भीमसेनको रूपमा बलिपूजा गरिने र त्यसपछि महादेवको रूपमा गाईको दूध चढाएर पूजा गरिने प्रचलन छ ।
मन्दिरमा अवस्थित मूर्तिलाई नेवार समुदायले विगतदेखि नै भीमसेनको रूपमा पूजाआजा गर्दै आएका थिए । तर अन्य समुदायले भीमेश्वरको अर्को रूप महादेव भएको चर्चा चलेपछि २०५३ सालमा मन्दिरको पुनःनिर्माणसँगै लतिलपुरका स्वर्गीय मङ्गलराज जोशीको सहभागितामा विद्धत् वर्गको धार्मिक सम्मेलन गरिएको थियो । उक्त सभाले परम्परालाई पनि कायम राख्ने र सहभागीले राखेको जिज्ञासालाई पनि कदर गरी त्यस्तो प्रचलन कायम गरिएको थियो । राम के. सी.,रासस
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...