×

NMB BANK
NIC ASIA

मुख्य समाचार

हिजो दिनभर : यस्ता छन् मुख्य–मुख्य समाचार

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लिपुलेकबारे बोल्यो चीन
हालसालै भारतीय गृहमन्त्रालयले सार्वजनिक गरेको भारतको नक्सामा नेपालको भूभाग समेटिएकोप्रति चीनले मुख खोलेको छ ।
बिहीवार चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच देखिएको सीमा समस्या दुवै देशले मिलेर हल गर्नुपर्ने धारणा व्यक्त गरेको हो ।
विज्ञप्तिमार्फत चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको आफूले सधैं सम्मान गर्ने जनाएको छ ।
‘चीनले नेपाल र भारतको मैत्रीपूर्ण संवादबाट समस्या हल भएको हेर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चीनले सधैं नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति हमिदको रुपाकोटमा भव्य स्वागत


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरिएको छ ।


Advertisment
Nabil box
Kumari

    नेपालको राजकीय भ्रमणमा आएका राष्ट्रपति हमिद पोखरा र आसपासको दृश्यावलोकनका लागि बिहीबार त्यहाँ पुगेका थिए । 
 रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरे । 

Vianet communication
Laxmi Bank

    राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो । राष्ट्रपति हमिद आउने कुरासँगै उत्साहित यहाँका स्थानीयवासी उहाँलाई स्वागत गर्न पाउँदा निकै खुशी देखिन्थे ।

    मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । 

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा बिहीबार हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले “राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु”, भने । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे ।

लुम्बिनीमा त्रिपिटक वाचन शुरु 

    बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन बिहीबारदेखि शुरू भएको छ ।  त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गर । 

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रम तय गरेको बताए । 

    आगामी शनिबारसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्र्तगतका विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटकको वाचन हुनेछ ।
 
    चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

     गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र सोही ठाउँका माधव सुनार रहेको प्रहरीले जनाएको छ । 

तीन जनाको सामूहिक हत्या गरेपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घले र केन्द्रिय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले बुधवार राति पोखराको हेम्जाबाट पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न एक जना भने अझै फरार रहेको हुँदा निजको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिहरु दुई सातापछि पक्राउ परेका हुन् ।

पर्यटन व्यवसायीमा उत्साह

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।  भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।  

नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो । त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहेका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गरेका थिए । 

भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताए । 
 

 नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 
 सहकारी संस्था गाभिने  

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले अहिले करीब रू छ खर्ब ५० अर्ब कारोवार गरेको बताएकी छिन् । 

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी संस्थामा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने बताइन् । 
 उत्पादनमा लगाउन कानूनी बाधा व्यवधानको समाधान गरेर जाने प्रतिबद्धता व्यक्त गरिन् । 
 वित्तीय कारोवार हुने संस्थामा केही बेथिति पनि देखिने हुँदा त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिँदै सहकारी मन्त्रालय र सहकारी अभियानकर्मी एकताबद्ध भएर अगाडि बढनुपर्ने विचार व्यक्त गरिन् । 

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी 

चिकित्सकको  साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिने भएका छन् ।  चिकित्सक कार्की  अहिले सङ्घको महासचिव  छन् । आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको बिहीबार बसेको  बैठकले  उनलाई सो पदमा उठाउने  निर्णय गरेको हो । 

यसअघि, चिकित्सक पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । विसं २००७ फागुन २० गते नेपाल चिकित्सक सङ्घको स्थापना भएको थियो । 

मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक 
    
मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको बिहीबार आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालको शहरी क्षेत्रमा दिनदिनै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

    अस्वस्थ्यकर खानपान, व्यायाम तथा बदलिँदो समयसँगै काम गर्ने जीवनशैलीमा परिवर्तन, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, समय समयमा चिकित्सककहाँ स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण शहरी क्षेत्रमा मधुमेहका बिरामी तथा मोटोपनको समस्यामा वृद्धि भएको उनीहरुको धारणा थियो । 
समाजवादी पार्टीको प्रतिवेदन

    समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताएका छन् । 
 सङ्घीय परिषद् बैठकमा बिहीबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताए । 

    प्रतिवेदनमा अध्यक्ष डा भट्टराईले नेपालमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक शक्ति सम्बन्धबीच नेपालले शान्ति, स्थायित्व, गतिशील, तटस्थ र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरेका छन् । 
 चीन र भारतबीच नेपाल गतिशील आर्थिक पुल बन्ने प्रयासमा लाग्नुपर्ने प्रतिवेदनमा स्पष्ट गरिएको छ । प्रतिवेदनमा डा भट्टराईले काङ्ग्रेस र कम्युनिष्टजस्ता पुराना पार्टीले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि ती पार्टीको सोच, संस्कार र सिद्धान्तको सीमाले त्यो पूरा  गर्न नसक्ने भन्दै उक्त  कार्य आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने उल्लेख गरेका छन् । 
पत्रकार शर्माको निधन

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ । 

बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना भएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार निधन भएको हो । उनको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । 
नेप्से झिनो अङ्कले बढ्यो 

    बुधबार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने पुनः झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर एक हजार १३५.९५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ । 

    नेप्से झिनो अङ्कले बढे पनि कारोवार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको आठ लाख ३३ हजार ८३१ कित्ता शेयर रु २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए । 

    कारोवार भएका कूल १२ उपसमूहमध्ये बिहीबार चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । होटल २.५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ । 

    कारोबारका आधारमा बिहीबार एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड २९ लाख ६८ हजार ३७ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी रु एक करोड ३१ लाख ८९ हजार ३००, एनआइसी एशिया बैंक रु ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको रु ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x