कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
भारतको बेंगलुरु विमानस्थलमा सोमवार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
नागपुरबाट बेंगलुरु पुगेको गोएयर उडानले अवतरण गर्ने क्रममा धावनमार्गलाई छुनेबित्तिकै विमानको सन्तुलन बिग्रियो र घाँसे मैदानमा परसम्म घचेडिँदै पुग्यो । त्यसपछि उसले गति लियो र फेरि उड्यो ।
उक्त विमान भिजिबिलटीको प्रतीक्षामा बेंगलुरुको आकाशमा घुमिरह्यो तर अन्तिममा उसलाई हैदराबाद पठाइयो । त्यहाँ उसले सुरक्षित अवतरण गर्यो ।
घटना बिहान सोमवार बिहान पौने ८ मा भएको हो । गोएयरको उडान संख्या जी८–८११ नागपुरबाट १८० यात्रीहरू लिएर बेंगलुरु पुगेको थियो । विमानलाई बेंगलुरु विमानस्थलको धावनमार्ग ०९ मा ओर्लन अनुमति दिइयो ।
नागरिक उड्डयन महानिर्देशक अरुण कुमारले विमानका कर्मचारीलाई उडानमा रोक लगाइएको बताए । उनले भने, ‘विमान उडाउन रोक लगाइएको छ र हैदराबादमा विस्तृत जाँचका लागि राखिएको छ । डिजिटल फ्लाइट डेटा रेकर्डरबाट प्राप्त डेटाको अनुसन्धान गरिँदैछ ।’
गोएयरले घटना लुकाउने भरमग्दूर कोशिश गर्यो र यो सामान्य गोअराउन्ड भएको जनायो । उसले एक बयान जारी गरेर भन्यो, ‘फ्लाइट अवतरण हुन नसकेपछि बेंगलुरुको आकाशमा घुम्यो र पछि त्यसलाई हैदराबादतिर डाइभर्ट गरियो । सबै यात्री, कर्मचारी र विमान सुरक्षित छन् । अनुसन्धान चलिरहँदा कर्मचारीलाई फ्लाइङ ड्युटीबाट हटाइएको छ ।’
एजेन्सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...