भारतबाट चोरेर ल्याइएको गाडीसहित दुईजना पक्राउ

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौं तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।


Advertisement

उनीहरूबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार बरामद गरिएको छ । उनीहरूले काठमाडौं नयाँबजारस्थित आदित्य ट्रान्सपोर्ट सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको टोलीले गएराति गाडीसहित उनलाई पक्राउ गरेको हो । 


Advertisement

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्