भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
बोलिभियाका एक प्रहरी अधिकारीले विरोधकर्ताहरूसँग हिंस्रक झडप हुँदा आफूमाथि गोली प्रहार गरिएको र गोजीमा भएको सानो बाइबलले जीवन बचाएको बताएका छन् ।
यो चमत्कारी घटना बिहीवार यापाकानी शहरमा भएको र आफूमाथि ९ एमएमको गोली प्रहार भएको बताए ।
स्पेसल फोर्स अफ द फाइट अगेन्स्ट क्राइम अफ सान्ता क्रुजका प्रमुख अस्कर गुटीरेजले उक्त गोली प्रहरीबाट चोरिएको बन्दूकबाट आएको बताए ।
बिहीवार राति पूर्व राष्ट्रपति इभो मोरालेसका समर्थक र प्रहरीबीच राजधानी ला पाजमा हिंसा भड्किएको थियो । प्रहरीले अश्रूग्यास प्रहार गरेको छ भने विरोधकर्ताहरूले त्यसलाई प्रहरीतिरै फर्काएका छन् ।
अन्तरिम राष्ट्रपति जीनाइन आनेज र नयाँ मन्त्रिपरिषद्ले पदको शपथ लिएको केही घन्टापछि भिडन्त भएको हो ।
राजधानीभन्दा ४५० माइल पर यापाकानीमा प्रहरीले शान्ति व्यवस्था राख्न आफूले प्रयास गरेको बताएको छ ।
प्रहरी अधिकारीहरूले प्रदर्शनकारीद्वारा ओगटिएको सडक खुलाउन काम गरिरहेका थिए । मोरालेसका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
प्रहरी अधिकारीको देब्रे भागमा गोली लागेको र गोजीको बाइबलले उनको ज्यान जोगाएको बताइएको छ । अधिकारीको नाम खुलाइएको छैन र उनले स्थानीय सञ्चारमाध्यमलाई यो चमत्कार भएको बताए ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...