मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचन राजनीतिक हिसाबले पार्टीको अग्निपरीक्षाको रूपमा रहेको बताएका छन् ।
पेशागत व्यवसायी निर्वाचन परिचालन कमिटी पोखरा १७ द्वारा आयोजित विस्तारित भेलाको शुक्रवार पोखरामा उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन, मतदाता शिक्षासँगै मतको संरक्षणका लागि नेतृत्व र कार्यकर्ता तह संगठित भएर लाग्न आग्रह गरे ।
सरकारको समृद्धिको अभियानलाई सफल बनाउन कार्यकर्ता उत्पादनसँग जोडिनुको विकल्प नभएको बताउँदै उनले कृषि, पर्यटन र विद्युत् मुलुकको समृद्धिको आधार भएको उल्लेख गरे । नेकपा कास्की जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण थापाले इमान, जमान र स्वाभिमानसहित निर्वाचनमा जुट्न सकेमात्र विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
विस्तारित भेला आयोजिक समितिका संयोजक चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य सुवर्ण श्रेष्ठ, पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, कृष्ण लम्साललगायतले निर्वाचनमा सबै एकजुट भएर जुट्नुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...