रूपन्देहीमा वातावरणमैत्री शवदाहगृह

बुटवल -रूपन्देहीमा वातावरणमन्त्री शवदाह गृह निर्माण भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा–१२ को स्वर्गद्धारीघाटमा उक्त शवदाह गृह निर्माण गरिएको हो । एभरेष्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत ७० लाख रूपैयाँको लागतमा उक्त शवदाह गृह निर्माण गरिदिएको हो ।

उक्त शव दाहगृह पश्चिम क्षेत्रैकै पहिलो आधुनिक र वातावरणमन्त्री शवदाह गृह हो । एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगीले शवदहागृह पूर्ण वातावरणमन्त्री रहेको बताए । मेशीनमा तातो बहाली प्रणाली र रिफलेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सहुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधी कम गर्नेछ ।


Advertisement

शवदाह गृहको प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नगरपालिकालाई हस्तान्तरण गरेका थिए । सिद्धार्थनगर नगरपालिका वडा नं १२ का अध्यक्ष करुन्जन श्रेष्ठका अनुसार मेशीनले २ सय ५० केजी भन्दा बढी प्रति दाहसंस्कारका लागि प्रयोग हुन र काठ जोगाउने छ । मेशिनमा चिसो स्क्रबरको माध्यमबाट धुवा बाहिर निस्किने भएकाले जोखिमपुर्ण वायु प्रदुषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउने र प्रदुषण नियन्त्रणमा सहयोग पर्‍याउने छ ।   

सो अवसरमा बोल्दै पोखरलले मृत्यु संस्कारमा हुने समयको खर्च अस्वभाविक रहेकोले त्यसको बचत गर्नुपर्ने धारण राखे । पोखरलेले मृत्यु संस्कारमा हामीले गर्ने परम्परागत तरिकाहरु मानव स्वास्थ्यको लागी हानिकारक रहेकोले त्यसलाई सुधार गर्नुपर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफलेले शवदाहगृहका कारण नगर क्षेत्रमा ब्यवस्थित रुपमा दाह संस्कार हुने जानकारी दिइन ।


Advertisement

 

कमेन्ट गर्नुहोस्