×

NMB BANK
NIC ASIA

मुख्य समाचार

हिजो दिनभर : यस्ता छन् प्रमुख समाचार

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आलम पुर्पक्षका लागि थुनामा 
रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । 

Muktinath Bank

    मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरूले बहस गरेका थिए । ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सहित तीन वटा मुद्दामा निलम्वित सांसद पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यसअघि अलामको पक्षबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका रमण श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरे भुषणलगायतका कानून व्यवसायीले बहस गरेका थिए ।


Advertisment
Nabil box
Kumari

    १२ वर्ष अघि २०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवास्थित चुनावको समय घरमा बनाउँदै गरेका बम विष्फोट पछि बम पड्किँदा बमबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहित दर्जन बढी व्यक्तिलाई औषधि उपचार गराउन भनी गाउँ निकाल गरी जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । सोही आरोपमा सांसद आलम सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए । 

Vianet communication
Laxmi Bank

बङ्गलादेशका राष्ट्रपति स्वदेश प्रस्थान

    बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरे । उनको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए ।  उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।

     उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फ¥हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए । 


    नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी भएका थिए । 

पूर्वमन्त्री श्रेष्ठ थुनामुक्त 

 हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रूपज्योति र उनको छोरी सुरुची श्रेष्ठ थुनामुक्त भएका छन् । 

   काठमाडौँ जिल्ला अदालतमा शुक्रबार म्याद थपका लागि ल्याउनुपर्नेमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लेनदेनको देवानी मुद्दा भएको हुनाले ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू थुनामुक्त भएका हुन् । 

अभिनेत्री पोखरेललाई साधारण तारिखमा बस्ने आदेश

    जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । 

   न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेकी थिइन् ।  जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । 

सिवाकोटीलाई ‘इन्जा’ अवार्ड 

नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ । 
 
    नेपाली पत्रकारको अन्तर्राष्ट्रि«य सञ्जाल एशिया च्याप्टरद्वारा शुक्रबार आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गरेका थिए । 


सैनिक मुख्यालयमा नेतृत्व संवाद

    नेपाली सेनाले स्वार्थको द्वन्द्व, अधिकारको दुरूपयोग, यौनजन्य शोषण र दुव्यवहारजस्ता विषय आउन सक्ने गुनासो समावेश गरी सैनिक मुख्यालय जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरेको छ । 
 
    प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालय र स्टाफको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रमबाट  ऐन, नीति, नियम, नियमावली, आदेश र निर्देशनलाई थप स्पष्ट पार्न योगदान पुग्ने विश्वास लिइएको छ । विभिन्न अवस्थामा विद्यमान नियम कार्यान्वयनमा हुनसक्ने दुविधालाई हटाउन मद्दत पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सैनिक आचरण, अनुशासन, नैतिकता र मूल्यमान्यतामा थप कटिबद्ध भई दिइएको जिम्मेवारी पूरा गर्न प्रेरणा मिल्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
    सेनाको प्रत्येक अङ्गको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश गरी आगमी चैत मसन्तभित्र यस्तै अन्तरक्रिया सञ्चालन गर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ । नेतृत्व संवाद कार्यक्रमले सङ्गठनका सबै तहकालाई प्राप्त अधिकारको सदुपयोग र आर्थिक अनुशासन कायम हुने नेपाली सेनाले विश्वास लिएको छ ।

नामावली  प्रकाशन

    निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली शुक्रबार प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य शुक्रबार सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

    कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको थियो । यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता गराए पनि ती उजुरी बदर गरेको र मनोनयपत्र पत्र सदर गरिएको आयोगको भनाइ छ । 

प्रमको प्रेस सल्लाहकारमा थापा

     प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रूपमा कार्यरत डा कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो । 

वाणिज्यदूतहरूको सम्मेलन सम्पन्न 

    नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसिएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । 

    विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरू सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय प्रदूषण घटाउने, विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने तथा विभिन्न देशका सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नेजस्ता विषयमा व्यापक छलफल भएको थियो । 

    यी विषयहरूमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरी छलफल गर्नुभएको तथा नेपाल भ्रमण वर्षका बारेमा भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले जानकारी गराएको वाणिज्यदूतहरूको विश्व सङ्गठनका पूर्व डिन तथा नेपालस्थित लक्जम्वर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले जानकारी दिए । 


चाबहिलमा सिन्दूर जात्रा 

चन्द्रविनायक जात्राको अन्तिम दिन गणेश र भैरवको रथयात्रा अन्त्य गरी चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन शुरु भएको जात्रा शुक्रबार मार्गशीर्ष कृष्ण तृतीयाका दिन सिन्दूर जात्रा गरी भोज खाएपछि अन्त्य हुन्छ । चाबहिल क्षेत्रमा बसोवास गर्नेले शुक्रबार आफन्तलाई बोलाई भोज खुवाउँछन् ।
 
    नेपाल संवत् ८०० मा राजा भूपालेन्द्र मल्लको पालामा शुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चाबहिल क्षेत्रमा मनाइन्छ । ऐतिहासिक, सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ ।
दश करोड राजश्व छली

    काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले रु नौ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । 

    उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ रु छ करोड ३५ लाख ६३ हजार राजश्व चुहावट गरेको विभागले जनाएको छ । यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ । 

मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य

राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ । 

गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताए । 
 उनका अनुसार निर्माण शुरु भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ । 


क्रिकेटमा नेपाल पराजित
भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । 

    भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा नेपाल शुक्रबार भारतको ‘बी’ टोलीसँग दुई विकेटले पराजित भएको हो । यो नेपालको लगातार तेस्रो हार हो । नेपालले दिएको २११ रनको लक्ष्य भारतले ४६ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि दिभ्यनास जोशीले सर्वाधिक ५४ रन बनाए । कृतिककृष्ण सेट्टीले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ र निर्मल कुमारले अविजित २० रन जोडे ।

    बलिङतर्फ नेपालका आकाश चन्दले ४ विकेट लिए भने सागर ढकालले २, कुशल मल्ल र शेर मल्लले एक÷एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ तथा कुशल मल्लले १२ रन बनाए । बलिङतर्फ भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा विनोदले २ विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा भारत ‘सी’सँग १० विकेटले तथा दोस्रो खेलमा भारत ‘ए’सँग १०७ रनले हार ब्यहोरेको थियो । समाप्त
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x