तपाईंमा खेलप्रतिको लगाव कत्तिको छ ? खेल्ने सामाग्री आफूसँग नभएमा के गर्नुहुन्छ ?
तपाईंलाई लाग्दो हो केही न केही त भइहाल्छ खेल्नका लागि ।
यो घटना भियतनामको हो । त्यहाँ डोरी नाघ्ने खेल (स्किपीङ) बालबालिकाहरूमा लोकप्रिय छ । उनीहरू त्यो खेल खेल्न निकै नै आकर्षित हुन्छन् ।
त्यहाँका कतिपय बालबालिकाहरूले यो खेल खेल्नका लागि मरेको सर्पलाई डोरीको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ।
हालैमात्र एक भिडियो सार्वजनिक भएको छ, जसमा केही बालबालिका यो खेलमा रमाइरहेका देखिन्छन् ।
डेली मेलले आफ्नो वेवसाइटमा राखेको यो भिडियोमा देखिन्छ, दुई बालबालीकाले मरेको सर्प समाइरहेका छन् भने एक बालिका उक्त सर्पलाई नाघिरहेकी छन् । उनीहरू यो खेलमा रमाइरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ ।
भिडियो
एजेन्सी