×

NMB BANK
NIC ASIA

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तीव्र गतिमा

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपुर – चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले तीव्रता पाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

क्रिकेट मैदान सम्याउने र नाली निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रंगशालाको निर्माण समयमै सम्पन्न गर्नका लागि काम युद्धस्तरमा अगाडि बढिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । रंगशालाको निर्माणका लागि आफू दिनरात खटिएको बताएका छन् । बिहान ६ बजेदेखि राति १० बजेसम्म रंगशाला निर्माणको काममा जुटेको धुर्मुसको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

नवलपुरको गैंडाकोटमा शनिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले क्रिकेट मैदान सम्याउने काम अगाडि बढिरहेको जानकारी दिए । ‘अहिले राति अबेरसम्म पनि रंगशाला निर्माणको काममा जुटिरहेका छौं,’ उनले भने । 

Vianet communication
Laxmi Bank

मैदान सम्याउने र नालीको काम पूरा भएपछि पक्की निर्माणको काम अगाडि बढाउने उनले बताए । हाल कम्तीमा पनि ८० कामदार खटिएर नाली निर्माणका लागि डीपीसीको काम भइरहेको कट्टेलले बताए । क्रिकेट मैदानका लागि जमिनको सतहबाट २ फिट उचाइमा माटो उठाउनुपर्ने भएकाले माटोलाई रोलरले पेल्दै सम्याउँदै अगाडि बढिरहेको कट्टेलको भनाइ छ ।

‘क्रिकेट मैदानका लागि मुख्य मैदान निर्माणसँगै क्रिकेट अभ्यासका लागिसमेत मैदान तयार गरिरहेका छौं,’ उनले भने, ‘रंगशाला हेर्नका लागि आउने र खेल्नका लागि आउनेका लागि क्रिकेट मैदानको ‘स्याम्पल’ बनाएका छौं, यसरी हामीले रंगशाला निर्माणको काम अगाडि बढाएका छौं ।’

खेल्नका लागि योग्य मैदान चाँडै नै निर्माण हुने जानकारी दिँदै धुर्मुसले स्रोत व्यवस्थापन भएको अवस्थामा २२ महिनाभित्रमा सम्पूर्ण संरचनासहित रंगशाला निर्माण पूरा गर्न सकिने बताए ।

क्रिकेट रंगशाला समयमै निर्माण सम्पन्न गर्नका लागि सबै नेपाली अभियान्ता बनेर तन, मन र धनले सहयोग गर्नुपर्ने उनको भनाइ छ । भरतपुरमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्न गैंडाकोट नगरपालिकामा नगरस्तरीय सहयोग समिति बनेको छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलको संयोजकत्वमा नगरस्तरीय सहयोग समिति निर्माण गरिएको हो ।

करीब २ अर्ब ६० करोड लागतमा चितवनको भरतपुर–१५ मा रहेको कृषि तथा वन विश्वविद्यालय परिसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । २० बिघा ६ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको अत्याधुनिक सुविधासम्पन्न रंगशालामा २५ हजार दर्शक क्षमताको हुनेछ ।

नेपालको मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x